जिम्बाब्वे 'ए'विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

जिम्बाब्वे 'ए'विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २१, २०७९

जिम्बाब्बे  'ए'विरुद्ध टी- २० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । 

जिम्बाब्बे 'ए'विरुद्ध पहिलो टी- २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । 

आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चहान्छ । 

नेपाली टिम: 

सन्दीप लामिछाने (कप्तान) , आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद ।