छवी भट्टराई : ३० बर्षमै मेयर बनेर देवदह बनाउने अठोट

छवी भट्टराई : ३० बर्षमै मेयर बनेर देवदह बनाउने अठोट

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७९

बुटवल । स्थानीय तहको निर्वाचनको मिति नजिकिदैं जादा देशमा यतिबेला चुनावी रौनक तातेको छ । दलहरु उम्मेदवार सहित जनताका घरदैलोमा भोट माग्न व्यस्त छन् । यही चुनावी माहोलमा देवदह न.पा. वडा नं. ४ निवासी ३० वर्षका युवा छवी भट्टराई देवदह नगरपालिकाको मेयर पदका लागि घरदैलोमा व्यस्त छन् ।
 
उनले घरदैलो अभियानमा जनताको साथ र सहयोग प्राप्त गरेको  बताएका छन् । हरेक वडाहरुमा जाँदा मतदाताहरूले नयाँ पुस्ता राजनीतिमा आउनु  र राजनीति भन्दा पनि सक्षम व्यक्तिलाई जिताउनु पर्ने अभिमत पाएको उनले सुनाए । घरदैलोमा पुग्दा पाँच वर्षसम्म स्थानीय सरकारले आफ्ना टोलका समस्याहरु हल गर्न नसकेको र विकास निर्माणका गति अगाडि नबढेकोले अब नयाँ पुस्तालाई मत दिन आफूहरु आतुर उनको भनाई छ ।
 
घरदैलोमा व्यस्त रहेका भट्टराईले देवदहको विकासका लागि सधैं प्रतिवद्ध रहेको बताए । उनले गौतमबुद्धको ऐतिहासिक मावली गाउँ देवदह भएकाले यसको पर्यटकीय विकास र प्रवर्द्धनका लागि प्रयत्नशील रहने बताए ।  त्यसो त सोमबार नेकपा ९एकीकृत समाजवादी० देवदहका नगर प्रमुख पदका उम्मेदवार छवी भट्टराईले ६८ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
 
घोषणा पत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालिन गरी तीन चरणको योजना प्रस्तुत गर्दै भट्टराईले देवदहलाई पार्कहरूको शहर बनाउनेदेखि आफ्नो टोल आफै बनाउने सम्मका योजना अघि सारेका छन् । मतदाताहरुको अमूल्य मतले आफू  विजयी भएमा शिक्षा, कृषि, स्वास्थ्य, खेलकुद, उद्योग, पूर्वाधार, पर्यटन र शान्ति सु–व्यवस्थालगायतका जनता मुखी महत्वपूर्ण कार्यहरु गर्ने योजना उल्लेख गर्दै सार्वजनिक गरेका छन् । 

घोषणा पत्रमा पर्यटनतर्फ थिम पार्कको अवधारणा अनुसार देवदहलाई पार्कको शहर बनाउने, पार्कहरूमा रोजगारी सिर्जना गर्ने लगायतका बुँदाहरू समावेश  भएका छन् । देवदहमा २ हजार जना अट्ने कोलिय सभागृह बनाउने, प्राकृतिक स्रोत साधनको अनियन्त्रित दोहनलाई रोक्ने लगायतका योजना घोषणा पत्रमा छन् ।

त्यसैगरी शिक्षातर्फ १ सय ५० बढी विद्यार्थी  रहेका विद्यालयहरुमा नर्स राख्ने, देवदह आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर सुरु गर्ने, सामुदायिक र निजी शिक्षण संस्थामा कार्यरत शिक्षकको न्यूनतम पारिश्रमिक तोक्नेल  गायतका महत्वपूर्ण कार्यक्रम रहेका छन् ।

त्यस्तैगरी कृषितर्फ, सिँचाइको व्यवस्था, गाईभैंसी सुत्केरी भत्ता लगायतका योजना अगाडि सारेको समाजवादीले स्वास्थ्य तर्फ ६–६ महिनामा ६० वर्षमाथिका जेष्ठ नागरिकको सम्बन्धित टोलमै पुगेर स्वास्थ्य जाँचलगायतका कार्यक्रमहरु अघि बढाउने उल्लेख गरेको छ ।

देवदहको उपमेयरका लागि नेकपा ९एकीकृत समाजवादी०बाट सरस्वती पोखरेल उम्मेदवार रहेकी छिन् । छवी भट्टराईका प्रतिस्पर्धीहरु नेपाली कांग्रेसबाट  मेयर पदका उम्मेदवार हिरा बहादुर केसी र एमालेबाट ध्रुब खरेल मैदानमा उत्रिएका छन् ।  

मेयर पदका उम्मेदवार को हुन् भट्टराई ?

नेकपा एकीकृत समाजवादीका तर्फबाट यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि देवदह नगरपालिकाका वडा नं. ४ निवासी  ३० वर्षे युवा छवी भट्टराईले देवदहको मेयर पदका लागि चुनावी मैदानमा  उत्रिएका छन् ।
 
देवदहमा रहेर ८ वर्षदेखि राजनीति गरी स्थानीय जनताको सेवा गर्दै आएका भट्टराई एक शालिन र इमान्दार युवा नेताका रुपमा सुपरिचित मानिन्छन् । उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक गरेका भट्टराई कानुन व्यवसायी समेत हुन् ।
पार्टीको देवदह नगर सचिव, अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष भई रुपन्देही जिल्ला कमिटीको अध्यक्षमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
 
उनी एमालेले गरेको संसद विघटनपछि एमाले परित्याग गरी समानान्तर कमिटी निर्माण गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनले देवदहको सुशासन अन्तर्गत २ सय शब्दको केश स्टडी गरी देवदह नगरपालिका र त्रिभुवन विश्वविद्यालयमा पठाइसकेका छन् ।