गागलका मतदाता: यो पटकको हाम्रो मत कृष्णहरि थापालाई

गागलका मतदाता: यो पटकको हाम्रो मत कृष्णहरि थापालाई

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरको उम्मेद्वार बन्नुभएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा दिनरात नभनी प्रचारमा खटिन थाल्नुभएको छ । मेयरका लागि उम्मेद्वारी दिएदेखि घरदैलो कार्यक्रममा सक्रिय बन्नुभएका थापा आज एक नम्बर वडाको घरदैलो कार्यक्रममा जानुभएको हो ।

गागलफेदीका घरघरमा पुगेर उहाँले आफू सहित आफ्नो टिमलाई जिताउन अपिल गर्नुभएको हो । ‘पार्टीले मेरो ५ बर्षको कामको मूल्याङकन गरि मलाई तपाईहरुको सेवा गर्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पुनः नगर प्रमुखको उम्मेदवार बनाएकोमा मलाई कलम चिन्हमा मतदान गरि बिजय गराई पुन सेवा गर्ने अवसर प्रदान गर्न सबैमा हार्दिक अनुरोध गर्दछु, ‘उम्मेद्वार थापाले भन्नुभयो ।उहाँले आफूले अघिल्लो कार्यकालमा गरेका कामको मूल्यांकन गरेर आफूलाई भोट दिन पनि अपिल गर्नुभएको छ ।’ मेयरका उम्मेद्वार थापाले अघिल्लो कार्यकालमा धेरै राम्रो काम गरेकाले उहाँलाई नै भोट दिने गागल १ का मतदाता सुर्य सुवेदी बताउनुहुन्छ । हामीले उहाँको काम हेरिसकेका छौँ, कम बोल्ने र काम गर्ने उहाँको कार्यशैलीप्रति हामी प्रभावित छौँ, हामी त उहाँलाई नै भोट दिने हो,’ सुवेदीले भने ।

सुवेदी मात्रै होईन, धेरै मतदाताले उम्मेद्वार थापाको काम राम्रो भएको बताएका छन् । प्रचारप्रसार र घरदैलो कार्यक्रममा सक्रियतापूर्वक लागेका थापा आफूले जित्नेमा विश्वस्त देखिनुहुन्छ । चुनाव नहुँदासम्म घरदैलो कार्यक्रम गरेर मतदातालाई जिताउन अपिल गर्ने पनि उम्मेदवारहरुको भनाई छ ।