एकीकृत समाजवादीद्वारा गोरखा सिरानचोकको ५ मा घरदैलो

एकीकृत समाजवादीद्वारा गोरखा सिरानचोकको ५ मा घरदैलो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७९

 गोरखा । गोरखा स्थित नेकपा एकीकृत समाजवादी सिरानचोक गाउँपालिका वडा नम्बर ५ अध्यक्षको उम्मेदवार सहितको टोलीले विभिन्न टोलमा घरदैलो सहित  प्रचार प्रसारमा जुटिरहेको छ  । 

सिरानचोक गाउँपालिका वडा नम्बर ५ अध्यक्षको उम्मेदवार तिलक बानियाँ र वडा सदस्यका उम्मेदवार सुक बहादुर बिक  लगायतको संलग्न रहेको टोलीमा पार्टी सदस्य सुनिता पोख्रेल,  नेकपा एकीकृत समाजवादी  पार्टी वार्ड अध्यक्ष वैकुण्ठ पोख्रेल साथमा नेपाल कृषि मजदुर संगठनको केन्द्रीय अध्यक्ष तथा एकीकृत समाजवादीको राष्ट्रिय सदस्य  उत्तर बहादुर खड्काको समेतको सक्रियता व्यापक घर दैलो कार्यक्रम सरिक रहनु भएको छ ।