अन्तरिक्ष शहिद, अपोलो मिशनको पहिलो पाइलामै भीषण दुर्घटना

अन्तरिक्ष शहिद, अपोलो मिशनको पहिलो पाइलामै भीषण दुर्घटना

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  जेठ ८, २०७६

चन्द्रमाले मनुष्य जातिलाई प्रारम्भदेखि नै लोभ्याइ आएको छ । कविहरुले चन्द्रका लागि कस्ता कस्ता कल्पना र उपमा  रचेका छन् । वैज्ञानिकका लागि पनि चन्द्रमा सधैं चासोको विषय बन्यो । मनुष्यले जुन बेला पृथ्वीको सीमालाई अतिक्रमण गरेर ब्रम्हाण्डको अनुसन्धान गर्ने चेष्टा थाल्यो, चन्द्रमा नै उसको पहिलो लक्ष्य बन्नु स्वभाविक थियो । पृथ्वीबाट सबैभन्दा नजिक अवस्थित एउटा आकाशीय पिण्ड अर्थात चन्द्रमा । अपोलो चन्द्र अभियान, चन्द्रयात्रामा उठेको पहिलो मानवीय पाइला । 

अन्तरिक्ष शहीद:– गस इभान ग्रासीम, एडवर्ड एच व्ह्वाइट द्वितीय र रोजर बी कैफी । 

ए एस २०४ नामक यानले अपोलो १ ‘क्याप्सुल’ लाई पृथ्वीको कक्षामा स्थापित गर्ने योजना  रहेको थियो । सैटर्न १ बी ‘टाइप’ को रकेटले प्रक्षेपण हुन गइरहेको ‘अपोलो अभियान’ मानवको चन्द्रमामा पदार्पण हुन लागि कोसेढुंगा जस्तै इतिहास कोर्ने प्रयास थियो । सन् १९६७ को आरम्भ मै यसलाई प्रक्षेपित गर्ने योजना बनाइएको थियो । यसको लक्ष्य प्रक्षेपण प्रकृयाको अनुसन्धान गर्नुका साथै पृथ्वी स्थित केन्द्रबाट यानको नियन्त्रण एवं मार्गदर्शन जाँच्नु रहेको थियो । 

अक्सिजनको दवाव बाहिरतिर भएकाले ढोका खुल्न सकेन । अक्सिजनले गर्दा क्षणमै आगो फैलियो, सबथोक बर्बाद भयो । यान प्रक्षेपण हुन नपाइ नै डढेर खरानी भयो । मात्र १७ सेकेण्डमा यो सब घटित हुन गयो । तीनै जना यात्री शहीद भए । 

२७ जनवरी १९६७ का दिन प्रक्षेपणको कुनै योजना थिएन । एउटा प्रारम्भिक जाँच गर्ने जमर्को हुन गई रहेको थियो । एउटा छद्म प्रक्षेपणबाट यो बुझ्ने प्रयास कि अपोलो यानले आफुभित्र जडान भएको बिजुलीको सहायताले सामान्य कार्य गर्नसक्छ कि सक्दैन ? यो जाँच सफल भएमा र अन्य जाँचमा पनि सफलता मिलेमा २१ फेबु्रअरी १९६७ का दिन यस यानलाई प्रक्षेपित गर्ने निर्णय भएको थियो । 

यस अपोलो १ अभियानको सफलता पछि पनि यसका अरु दुइटा उडान गर्ने निश्चित गरिएको थियो । एउटा उडानमा अपोलोको दोस्रो भाग र चन्द्रयानलाई सैटर्न  १ बी रकेटमा प्रक्षेपित गरेर पृथ्वीको निम्न कक्षमा स्थापित गर्ने योजना थियो । दोस्रो उडानमा भने सैटर्न ५ रकेटमा प्रक्षेपण गरेर अपोलो र चन्द्रयानलाई पृथ्वीको माथिल्लो कक्षमा स्थापित गर्ने योजना रहेको थियो । 

२६ जनवरी १९६७ मा प्रारम्भिक जाँच हुन गइरहेको थियो । तीनै जना अन्तरिक्ष यात्री ग्रीसम, व्हृाइट र कैफी अन्तरिक्ष पोशाक  लगाएर यानभित्र पसे । दिउँसो १ बजे ‘सिट बेल्ट’ कसेर उनीहरु तयारी मुद्रामा बसे । २ः४५ मिनेटमा यानलाई ‘सील’ गरियो र यानभित्रको हावालाई बाहिर तानेर अक्सिजन भर्ने कार्य प्रारम्भ भयो । 

यानभित्र अक्सिजनको दवाव बढी हुन गयो । जसले गर्दा नियन्त्रण कक्ष र अन्तरिक्ष यात्री बीचको सम्पर्क विच्छेद भयो । यस कारण जाँच लाई ५ः४० मिनेटसम्मका लागि स्थगित गरियो । ६ः२० मिनेटसम्म उल्टो गन्ती चलिरहेको थियो । तर ६ः३० मिनेटमा उल्टो गन्तीमा रोक लगाएर यान भित्रका यात्रीसँग सम्पर्क गर्ने प्रयास गरियो । 

अपोलो १ यान अन्तरिक्ष यात्राका लागि बनाइएको भएपनि यसको उद्देश्य चन्द्रयात्रा गर्नु थिएन । अतयव यसमा ल्याण्ड गर्ने उपकरण जडान गरिएका थिएनन् । यानभित्रका यात्री सम्पर्क गर्ने प्रयासमा जुटेका थिए । ६ः३१ मिनेटमा नियन्त्रण  कक्षलाई कैफीको आवाजमा सन्देश प्राप्त भयो, ‘ककपिटमा आगो लाग्यो ।’ अर्को सेकेण्ड एउटा ठूलो क्रन्दनका साथ सम्पर्क टुट्यो, ‘टिभी मनिटर’मा व्हइट यानको ढोका खोल्ने प्रयास गरिरहेका देखिए । यानको डिजायनमा ढोका भित्रबाट आफुतिर तानेर खोलिने रहेको थियो । तर अक्सिजनको दवाव बाहिरतिर भएकाले ढोका खुल्न सकेन । अक्सिजनले गर्दा क्षणमै आगो फैलियो, सबथोक बर्बाद भयो । यान प्रक्षेपण हुन नपाइ नै डढेर खरानी भयो । मात्र १७ सेकेण्डमा यो सब घटित हुन गयो । तीनै जना यात्री शहीद भए । 

आगोको राप यति विघ्न थियो जसले गर्दा ग्रीसम र व्हइटका अन्तरिक्ष पोशाक पग्लिएर एक आपसमा टाँसिए । यात्रीलाई बाहिर निकाल्न घटिमा ५ मिनेटको समय आवश्यक थियो तर पाइयो मात्र १६ सेकेण्ड । 

यस दुर्घटनाको एउटा प्रमुख कारण भित्र पट्टि खोलिने ढोका पनि बन्यो । यो ढोका  यान बनाउने कम्पनी ‘नर्थ अमेरिकन एविएशन’ को योजना विपरित बनाइएको थियो कम्पनीको अभिकल्पनामा अक्सिजनको सट्टा अक्सिजन र नाइट्रोजनको मिश्रण राख्न रहेको थियो । साथै कम्पनीले दुर्घटनाको स्थितिमा विस्फोटबाट खोलिने ढोका लगाउने कल्पना पनि प्रस्तुत गरेको थियो । तर नासाले कम्पनीको सुझावलाई महत्व दिएन । 
यस दुर्घटनाले अपोलो अभियानलाई पुनः नयाँ परिमार्जित ढंगले उच्चतम कल्पनाका साथ अघि बढाउन बाध्य  बनायो । यानको अभिकल्पनामा अनेकौं परिवर्तन र सुधार समावेश भए । 

तीनै जना सहिदलाई सम्मान प्रदान गर्दै यिनीहरुको नामबाट तीनओटा तारालाई नामाकरण गरियो । ती तारा हुन् नवी, ड्नोसेस र रेगोर । तीनै जनाको नामको  अन्तिम अक्षर उल्टोबाट पढिदैं योे नामाकरण गरिएको हो । चन्द्रमाका तीन ओटा ‘क्रेटर’ र मंगल ग्रहको तीनओटा पर्वतलाई पनि यिनै सहिदको नाम प्रदान गरियो । 

यसै किसिमको एउटा अर्को दुर्घटनामा रुसी अन्तरिक्ष यात्री वेलेन्टीन बोण्डारेको मार्च १९६१ मा मृत्यु भएको थियो ।