महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित

महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २२, २०७९

आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिप, २०७९ को पाँचौँ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ । 

एभरेस्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गर्‍याे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो । 

जितसँगै प्रतियोगितामा ३ खेल खेलेको एपीएफले ६ अंक जोडेको छ । समान खेलबाट एभरेस्टले २ अंक जोड्यो ।

आजै भएको महिलातर्फको दोस्रो  तथा अन्तिम खेलमा साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्‍याे । 

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको पुलिसले डायमन्डलाई २५–११, २५–१७, २५–१५ को सोझो सेटमा हरायो । 

प्रतियोगितामा लगातार तेस्रो जित निकालेको पुलिस ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । साविक विजेता डायमन्डले मात्र १ अंक जोडेको छ ।