नेपालविरुद्ध जिम्बाब्वे टस जितेर फिल्डिङ गर्दै

नेपालविरुद्ध जिम्बाब्वे टस जितेर फिल्डिङ गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २३, २०७९

नेपाल र जिम्बाब्वे 'ए'बीचको पहिलो एक दिवसीय खेल आजदेखि सुरु भएकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बाब्वेले टस जितेको छ । उसले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

जिम्बाब्वेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । 

जिम्वाब्वेविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरवातको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बाब्वेबीचको ३ एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर, लगातारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । 

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला ३ २०-२० शृंखला आयोजना गरेको थियो ।

तीन २०-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिकाअनुसार आजदेखि ३ एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।