तरुण दलले गठन गर्‍यो परिचालन समिति

तरुण दलले गठन गर्‍यो परिचालन समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७९

नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा तरुण परिचालन समिति गठन गरेको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेहहरूमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरिएको हो ।

तरुण दलका अध्यक्ष विद्वान् गुरुङका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समिति परिचालन हुनेछ ।

तरुण दलले प्रदेश १ मा प्रभाकर थापा ‘संजय’, मधेसमा लोकेश सिंह, बाग्मतीमा कृष्णजी खड्का, गण्डकीमा मनोज गुरुङ, लुम्बिनीमा शक्तिसिंह ठकुरी र सुदूरपश्चिममा विष्णु ऐडीको संयोजकत्वमा समिति गठन गरेको हो ।