प्रधानमन्त्री ! म तिमीलाई बधाई दिन सक्दिन

प्रधानमन्त्री ! म तिमीलाई बधाई दिन सक्दिन

लोकसंवाद संवाददाता  |  साहित्य  |  बैशाख २३, २०७९

प्रधानमन्त्री ! मैले तिमीलाई
बधाई दिनु औचित्यता देख्दिन । 
म तिमीलाई बधाई दिन सक्दिन । 
महाकाली सन्धि पास गर्नुको पूर्व सन्ध्यामा 
तिमीले बडो फुर्तीका साथ भनेका थियौ । 
महाकाली नदीबाट
वर्षेनी एक खरब बीस अरब आउछ भन्थ्यो त ? 
कम्युनिष्टहरु साँचो बोल्छन् इमान्दार हुन्छन् 
पढ्दै आएको थिए । 
व्यवहारमा पारगंता हुन्छन् सुन्दै आएको थिएँ । 
यतिका समय महाकाली नदी बगि रहेको छ
अविचल अक्षुण्ण भएर 
यतिका समय वितिसक्दा
ती अपार सम्पत्ति थुप्रिएको सुनिएको छैन । 
यसरी देशलाई ढाँटेर 
महाकाली सन्धि माथि
राष्ट्रघात गरेका थियौ । 
तिम्रै साथीको शब्द सापटी लिएर भन्छु 
महाकाली बेचेर पार्टीमा गुटको अखडा बनाएका छन् । 
महाकाली सन्धि के. पी. ओलीको 
टरनिङ्ग पोइन्ट हो । 

सांसदबाट पास गरिएको चुच्चे नक्शा
पास गरेको मसी सुक्न नपाउँदै
पाठ्यक्रममा लिम्पियाधुरा, लिपुलेक
कालापानी अङ्कित अक्षरहरु 
नानीहरूले समेत सुम सुमाउनु पाएनन् त ? 
महाकाली सन्धि माथिको घातको घाउलाई 
भारतीय पत्रकारलाई दिएको बेजोड जवाफ 
उ दिल्ली पुग्न नपाउँदै 
थकित र गलित भएर 
मध्यरातमा रअका गल्ला वाललाई भेटेर 
सत्ता माथिको घृणित खेलमा
आफूलाई नाङ्गे झार बनायौ । 
तिम्रो देशभक्तिको पोल गल्ला वालाको सामु निर्वश्व भयो । 
तिमी र प्रचण्डमा के फरक छ ? 
हजारौँ नेपालीको हत्यामा संलग्नता
तिमीले बादलमार्फत लाखौँ भारतीयलाई नागरिकताको बाँड्यो । 
मेरो आकलनमा तिमी देशद्रोही हौ । 
प्यालेष्टाइन र सिक्किमलाई 
विश्व मानचित्रमा लुप्त गराउने पालो 
मेरो देशको अस्तित्वको संहार गर्दैछौ । 
आफूलाई दोस्रो लेण्डुपेमा टाँचा लाउँदैछौ । 
देशप्रति साटो फेरेर
तिम्रो यो घृणित हरकत बुझि सकेका छौ । 

प्रधानमन्त्री ! म तिमीलाई देशप्रति
घात–प्रतिघातका श्रृङ्खलाहरुमा
महाकाली सन्धि देखिएका हरकतहरू 
एम.सी.सी. प्रकरणको नग्नतामा । 
दासताको दृश्य देखिरहेका छौ । 
भारतीय हरुलाई लाखौँको तादातमा
पैठारी गरेर वैधता दिँदैछौ । 
यी सबै देश सिध्याउने प्रायोजित खेल 
तिम्रो संलग्नताको रहस्य प्रष्ट हुँदैछ । 

भारतीय प्रधानमन्त्री ! मोदी भन्दैछन् 
भारतीय सञ्चारकर्मीहरु भन्दैछन् 
ओली सरकार भारत सरकारको रोजाइ हो । 
तिम्रो देश घाती घृणित कार्यहरु 
झन्–झन् उदाङ्गिदै छन् । 
सत्ताको कम्बल ओढेर 
तिमी देशलाई पराधिनता बनाइरहेका छौ 
तिम्रो घृणित कृत्यलाई हामी नियाली रहेका छौ । 
देश तिम्रो घृणित खेलको साक्षी भएर 
टुल–टुलु हेरिहेको छ
देश बोल्दैन चुपचाप मौनता साधि रहेको छ । 

प्रधानमन्त्री ओली !
पृथ्वीनारायण शाहले एकीकरण गरेको यो भूमि 
हाम्रो ऐतिहासिक धरोहरको यो विरासत 
विश्वको उत्कृष्ठ मध्येकै सांस्कृतिक धरोहर 
हाम्रो देशको वैभवता
हाम्रो देशको उच्चता 
हामी गर्व वोध गर्दै आएका थियौ । 
तिम्रो तुच्छ घृणित आकांक्षाले 
यो देशको सांस्कृतिक धरोहर 
हामी गुमाउँदैछौ । 
हो यो तीतो सत्य हो । 
देशको मृत्युमा हामी आत्म दाह गर्दैछौ । 
आफ्नै देशको अवसानमा
हामी मलामी भइरहेका छौ । 
हो ! आफै देशको अवसानमा 
हामी मलामी भएर हिँडिरहेका छौं । 

१ वैशाख २०७५
सरौचिया, विराटनगर