बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

एजेन्सी  |  विदेश  |  बैशाख २५, २०७९

बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका  द सन्डे टाइम्सले उल्लेख गरेको छ ।

यो रकम ट्रेजरीको आपत्‌कालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको द सन्डे टाइम्सले जनाएको छ ।

दोनेत्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर)ले युक्रेनी उत्तेजनाहरूविरुद्ध आफ्नो रक्षा गर्न मद्दतका लागि अपिल गरेपछि रुसले गत २४ फेब्रुअरीमा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेसन सुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेसनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार दोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, जो ८ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन् । रुसको कारबाहीको जबाफमा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन् ।