रुसी विजय दिवस: जर्मनीमाथि हासिल गरेको विजय युक्रेन माथि दोहोर्‍याउला ?

रुसी विजय दिवस: जर्मनीमाथि हासिल गरेको विजय युक्रेन माथि दोहोर्‍याउला ?

लोकसंवाद संवाददाता  |  विदेश  |  बैशाख २६, २०७९

रुस यतिबेला युक्रेन विरुद्ध युद्धमा होमिएको छ । युक्रेनसँग युद्ध चलिरहेका बेला आज (९ मे) रुसले दोस्रो विश्वयुद्धको विजय दिवस भव्यताका साथ मनाउँदैछ । रुसी सञ्चारमाध्यमले समेत यो विजय दिवसलाई उच्च महत्व दिने गरेका छन् । रुसमा अन्य अवसरभन्दा बढी महत्व दिइने भएका कारण पनि यो विजय दिवस विशेष छ । 

पछिल्ला केही महिनादेखि रुसी सेनाले युक्रेन विरुद्ध संघर्ष गरिरहेको र त्यस युद्धका क्रममा धेरै रुसी सैनिक मारिएका कारण पनि यो वर्ष अन्य वर्षको भन्दा महत्वपूर्ण हुने अनुमान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसका अवसरमा युक्रेन युद्धका क्रममा हासिल गरेका उपलब्धिहरूको घोषणा गर्ने विश्वास गरिएको छ । 

दोस्रो विश्वयुद्ध हालसम्मका सबै युद्धभन्दा भयानक युद्ध थियो । सन् १९३९ मा पोल्याण्डमाथि आक्रमण भएपछि सुरु भएको दोस्रो विश्वयुद्ध १९४५ मा अमेरिकाले जापानको हिरोसिमा र  नागासाकीमा परमाणु बम प्रहार गरेसँगै अन्त्य भएको थियो ।

अमेरिकाले यो युद्धमा जापानमाथि परमाणु बम खसाएर आत्मसमर्पण गर्न बाध्य पारेपछि अन्त्य भएको भए पनि रुस यो युद्धको प्रमुख खेलाडी थियो र उसले नै जर्मन नाजीहरूमाथि विजयी हासिल गरेको थियो । त्यसैले जर्मनीले यो दिनलाई अझै पनि भव्यताका साथ स्मरण गर्ने गर्छ । 

दोस्रो विश्वयुद्धमा करोडौं मानिसको ज्यान गएको थियो भने दशौं लाख विस्थापित भएका थिए । यो युद्धमा मित्रराष्ट्रका तर्फबाट लडेको सोभियत संघले नाजी जर्मनीमाथि निर्णायक जित हात पारेको थियो । दोस्रो विश्वयुद्ध नै यो क्षेत्रमा केन्द्रित भएका कारण विश्वयुद्धबाट सबैभन्दा बढी यही क्षेत्र प्रभावित भएको थियो । दोस्रो विश्वयुद्धमा आफ्नो पराजय स्वीकार गर्दै सन् १९४५ को मे ९ मा नाजी जर्मनीले आत्मसमर्पण गरेको थियो । यद्यपि जापानसँगको संघर्ष जारी रहेका कारण यो युद्ध अगस्टसम्म लम्बिएको थियो । 

आधिकारिक आत्मसमर्पणमा बर्लिनमा ८ मेमा हस्ताक्षर भएर जर्मनहरूले बेलुका ११ बजेर १ मिनेटमा हतियार बिसाएका थिए । तर त्यति बेला मस्कोमा मध्यरात पार भइसकेका कारण त्यसलाई रुसी समय अनुसार ९ मे मानिन्छ । अमेरिकासहित युरोपेली देशमा मे ८ लाई नै विजय दिवसका रुपमा मनाइन्छ भने रुस, सर्बिया र बेलारुसमा ९ मेलाई विजय दिवसका रुपमा मनाउने गरिन्छ । 

त्यसको दुई वर्ष भन्दा कम समयमा रुसले युक्रेन माथि पूर्ण स्तरको आक्रमण गरिरहेको छ । यो युद्धमा त्यही परेडमा प्रदर्शन गरिएका अधिकांश हतियारहरू प्रयोग गरिएका छन् । रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई ‘निःशस्त्रीकरण’ गर्नु र ‘नाजीमुक्त’ गर्नु रुसको लक्ष्य भएको बताएका छन् । 

यो दिन लाखौ रुसीले ज्यान गुमाएको लामो र रक्तपातपूर्ण युद्धको अन्त्य भयो । विश्वयुद्ध समाप्त भएको दुई दशकसम्म पनि यस दिन सोभियत संघमा राष्ट्रिय बिदा दिइँदैन थियो । यद्यपि मुख्य सहरहरुमा आतिशबाजी र स्थानीय रुपमा भव्यतापूर्वक मनाउने गरिएको थियो । 

सन् १९६३ मा तत्कालीन रुसी संघका नेता लियोनिद  ब्रेस्नेभले देशको कमजोर वैचारिक धरातललाई बलियो बनाउने तथा देशभक्तिको भावना जगाउने उद्देश्यले नाजी जर्मनी विरुद्धको जितलाई उत्सवको रूपमा मनाउने नीति लागू गरेका हुन् । 

त्यसपछि राष्ट्रिय कार्यक्रमहरू, रेड स्क्वायरमा सैन्य परेड र ९ मे मा सार्वजनिक बिदा दिन थालिएको हो । 

भ्लादिमिर पुटिन राष्ट्रपति बनेपछि यो दिवसलाई अझै बढावा दिँदै यसलाई भव्यतापूर्वक मनाउन थाले । नाजीवादलाई परास्त गर्न रुसको मुख्य भूमिका रहेको कथन सन् २०२० मा भएको रुसी संविधानको संशोधनमा समेत समावेश गरिएको छ । 
विजयको भक्ति गानलाई सन् २००० को दशकमा सोभियत कालीन समयभन्दा थप पुनर्जिवत गरियो । विजयको विषय सञ्चार माध्यम र त्यहाँका जनतामा स्मरणीय छ । यसका केही सकारात्मक परिणाम समेत देखिएको छ । युद्धको इतिहासबारे अध्ययनमा व्यापक ध्यान केन्द्रित भयो भने दशौं लाख दस्तावेजहरू सार्वजनिक गरेर विद्युतीय अभिलेखमा राखिएका छन् । 

पछिल्लो दशकमा रुसी विजय दिवसका उत्सवहरूमा ‘हामी फेरि पनि गर्न सक्छौं’ भन्ने नाराहरू छन् । जसको अर्थ रुसी सेना सन् १९४५ को जस्तै आधा युरोप कब्जा गर्न सक्षम छ भन्ने अर्थ लाग्छ । सन् १९४१ को जुनमा नाजी जर्मनीले सोभियत संघमाथि आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो ।

सन् २०१४ मा पूर्वी युक्रेनमा तनाव सुरु भएपछि रुसी सरकारी सञ्चार माध्यमहरूले नाजी विरुद्धको लडाइँबारे देश भक्तिपूर्ण सामग्रीहरु प्रशारण गर्ने गरेका छन् । जसमा रुसले जर्मन नाजीविरुद्धको युद्धमा फाँसीवादलाई परास्त गर्न खेलेको ऐतिहासिक भूमिकालाई महत्व दिँदै आएका छन् । दोस्रो विश्व युद्धमा मारिएकाहरूको सम्झनामा नागरिक स्तरबाट आयोजना हुने कार्यक्रमहरुको जिम्मा पनि राज्यले लिँदै आएको छ । 

सन् २०११ मा साइबेरियाको तोम्स्क सहरमा स्वतन्त्र पत्रकारहरूको एउटा समूहले युद्धमा ज्यान गुमाएकाहरुको संस्मरणमा ‘अमर रेजिमेन्ट’ सुरु गरेको थियो । विजय दिवसको परेडमा युद्धमा ज्यान गुमाएकाहरुको तस्बिर लिएर सहभागी भएका थिए । यस्ता कार्यक्रमहरु रुस भरी नै फैलिएका छन् । 

त्यसपछि रुसी सरकारको पहलमा नै यस्ता कार्यक्रम हुँदै आएका छन् । सन् २०२० मा कोरोना भाइरस महामारीका कारण दोस्रो विश्वयुद्धको विजय दिवस मे बाट जुनमा सारिएको थियो । तर महामारीबीच पनि सो कार्यक्रम रुसी नागरिकहरूले अहिलेसम्म देखेको सबैभन्दा भव्य कार्यक्रम थियो । 

सबैभन्दा नयाँ सैन्य उपकरण, २० हजार सैनिक र सयौं विमान र बख्तर बन्द हतियारसहित आयोजना भएको विशाल सैन्य परेडमार्फत रुसी शक्तिबारे विश्वलाई चकित बनाउने उद्देश्य लिइएको थियो ।

त्यसको दुई वर्ष भन्दा कम समयमा रुसले युक्रेन माथि पूर्ण स्तरको आक्रमण गरिरहेको छ । यो युद्धमा त्यही परेडमा प्रदर्शन गरिएका अधिकांश हतियारहरू प्रयोग गरिएका छन् । रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई ‘निःशस्त्रीकरण’ गर्नु र ‘नाजीमुक्त’ गर्नु रुसको लक्ष्य भएको बताएका छन् । 

युक्रेन आक्रमणमा अहिलेसम्म पनि युक्रेनी सरकारलाई हटाएर किभ कब्जा गर्न रुस सफल भइरहेको छैन । ९ मेको विजय दिवससँगै युक्रेन माथिको आक्रमणलाई तीव्र पार्ने अनुमान गरिएको छ । यो युद्धको परिणाम भने रुसले अपेक्षा गरेअनुसार नै विजय दिवसमा बदलिन्छ या बदलिँदैन भन्ने चाँहि अहिले नै भन्न कठिन छ ।