नेपाल र जिम्बाब्वे 'ए': ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपाल र जिम्बाब्वे 'ए': ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २६, २०७९

नेपाल भ्रमणमा रहेको  जिम्बाब्वे 'ए' र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसीय खेल साेमबार हुँदै छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्वेले भने सुरुवाती ब्याटिङ गर्नेछ ।

खेल निर्घारित समयअनुसार ९ बजे हुनुपर्ने थियो  तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो ।  

नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ । नेपाल र जिम्बाब्वे 'ए'बीचको ३ एक दिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । 

पहिलो खेलमा जिम्बाब्वे ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो । 

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता, जिम्बाब्वे भने शृंखला जित्दै भ्रमण सुखमय बनाउन चाहन्छ ।