राहुल गान्धीको कार्यकर्तालाई निर्देशन

राहुल गान्धीको कार्यकर्तालाई निर्देशन
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७६

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्ना पार्टीका कार्यकर्तालाई सचेत रहन निर्देशन दिएका छन् ।

उनले विभिन्न मिडिया एजेन्सीले देखाएको चुनावी सर्वेक्षणबाट निरास नहुन कार्यकर्तालाई अनुरोध पनि गरेका छन् । उनले भनेका छन्, ‘हामीले जुन मेहेनत गरेका छौं । त्यो खेर जाँदैन । सबै चुनावी सर्वेक्षण गलत हुन् । तपाईंहरू अबको २४ घन्टा सचेत रहेर स्वयम् र आफ्नो पार्टीमाथि विश्वास बनाइराख्नुस् ।’

यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले पनि कार्यकर्तालाई चुनावी सर्वेक्षणको अपवाहमा ध्यान नदिन तथा मतगणना केन्द्रमा आफ्नो उपस्थिति बनाइरहन अपिल गरेकी थिइन् ।

स्मरणीय रहोस्, अन्य दलका विभिन्न नेताले चुनाव सर्वेक्षणपछि इबिएममाथि शंका व्यक्त गरिरहेका छन् । कांग्रेस अध्यक्ष तथा महासचिव दुवै जनाले आफ्नो कार्यकर्तासँग इबिएमको सुरक्षाबाहेक अन्य केही चर्चा गरेका छैनन् ।