एमाले अध्यक्ष ओली ज्योतिषको शरणमा: वैशाख ३० र असार १७ सम्म मात्र गठबन्धन रहने भविष्यवाणी !

लोकसंवाद टिप्पणी

एमाले अध्यक्ष ओली ज्योतिषको शरणमा: वैशाख ३० र असार १७ सम्म मात्र गठबन्धन रहने भविष्यवाणी !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०७९

देश यतिबेला स्थानीय निर्वाचनकाे चपेटामा  छ । स्थानीय तहको निर्वाचन सत्ता राजनीति र केन्द्रीय नीति भन्दा फरक स्थानीय समस्या, जनसरोकारका विषय, शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि उत्पादन, बजारीकरण, फोहोरमैला, ढल व्यवस्थापनजस्ता स्थानीय समस्यामा केन्द्रित हुन्छ ।

स्थानीय तहलाई केन्द्रमा राखेर विभिन्न राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । अब दलहरु निर्वाचन प्रचारको अन्तिम तयारीमा लागेका छन् । दलहरु निर्वाचनको अन्तिम तयारीमा रहँदा मित्रवत भन्दा पनि शत्रुता पूर्ण आरोप प्रत्यारोप चलिरहेको छ । 

ओलीलाई कांग्रसको काउन्टर

निर्वाचनको मिति नजिकिँदै जाँदा सोमबार नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपहरुको प्रतिवाद गरेको छ ।  प्रवक्ता प्रकाशशरण महतले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ओलीले लगाएका आरोपको २३ वटा बुँदामा प्रतिवाद गरेका हुन् । नेपाली कांग्रेसको चुनावी घोषणापत्रको एमालेले खण्डन गरेको थियो । एमालेले अघि सारेको ६६  बँदे  अपीलमा कांग्रेसमाथि १० बुँदे आरोप लगाइएको थियो ।

कांग्रेसले आफूले गरेका काम १५ बुँदामा र आगामी कार्यक्रम चार बुँदामा समेटेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता महतले ओलीले चुनावी अभियानका क्रममा कांग्रेस र गठबन्धनमाथि लगाएका आक्षेपको जवाफ दिए । उनले संविधान, संसद, अर्थतन्त्र र परराष्ट्र मामिलाका विषयमा एमालेका आरोपको जवाफ दिए । महतले संसद विघटनको घटनामा पनि काँग्रेसलाई दोषी देखाएर एमालेले झुट बोलेको टिप्पणी गरे । लोकतन्त्र स्थापनाको ३२ वर्षमा काँग्रेसले २७ वर्ष सत्ता चलाएको भन्दै ओलीले झुट तथ्यांक पेस गरेको भन्दै कांग्रेसले १६ वर्ष ६ महिना मात्र सत्ता सञ्चालन गरेको तथ्य राखे । 

एमालेको आरोप
नेकपा एमालेका नेताहरु यसपटक आफ्ना चुनावी एजेन्डा भन्दा सत्ता गठबन्धनका नेताहरुको आलोचनामा व्यस्त छन् । एमालेले अघिल्लो चुनावमा स्थानीय तहमा सबैभन्दा बढी स्थानमा जितेको थियो भने माओवादीसँगको सहकार्यमा संघीय संसदमा पनि ठूलो दल नै बनेको थियो । करिब साढे ३ वर्ष सत्ता चलाएको एमालेले वर्तमान सरकारको विरोधलाई नै भोट माग्ने आधार बनाइरहेको छ ।

तर ५ वर्षसम्म शासन सञ्चालन गर्दा गरेका राम्रा काम भने एमालेको चुनावी एजेन्डा र भोट माग्ने आधार कम भएको देखिन्छ । यसको अर्थ भनेको एमालेले ५ वर्षसम्म जुन किसिमले सत्तामा बसेर जनतालाई झुक्याउने काम गर्‍यो । त्यसैकारण एमालेलाई आफ्ना कामका लागि भन्दा पनि अरुका समस्यालाई चुनावी आधार बनाइरहेको छ ।

एमाले अध्यक्ष ओलीले कांग्रेससँगै अन्य सहयात्री दलहरुलाई समेत होच्याए । माओवादी केन्द्रलाई दूध भात खोजी हिँड्ने बिरालो भएको टिप्पणी गरे । ओलीले पत्रकार सम्मेलनमा ६७ पृष्ठको ‘अपिल’ वाचन गरिएको थियो । उनले आफूमाथि प्रश्न सोध्ने पत्रकारलाई उल्टै उल्टै ‘तपाईं माओवादी हो ?’ भनेर समेत प्रतिप्रश्न गर्ने अवस्थामा पुगेका छन् ।

एमालेले सबैभन्दा बढी प्रहार माओवादी केन्द्र र एकीकृत समाजवादी माथि गरिरहेको छ । एमाले अध्यक्ष ओली आइतबार भने कांग्रेसमाथि खनिए । जसमा उनले कांग्रेसको चुनावी घोषणापत्रको आलोचना गरे । 

उनले यसअघि देखि नै कांग्रेसको घोषणापत्रमा टिप्पणी गर्दै आएका थिए । त्यसपछि जारी गरेको अपीलमा समेत कांग्रेसलाई गाली गरिएको थियो। उनले कांग्रेसको घोषणापत्रअनुसार कांग्रेसले विकास नचाहने कुराको पुष्टि हुने भन्दै एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ ठानेको टिप्पणी गरेका थिए । 

ओलीले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउने भनेर भविष्यवाणी समेत गरेका थिए । ।ज्योतिषहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्ने वाला छ,’ ओलीको भनाई थियो, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नुभएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुन सम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी !’  एमाले अध्यक्ष ओलीले गठबन्धनको भविश्य असार १७ गते सम्म भएको ठोकुवा  समेत गर्नु भएको छ ।

अझ एमाले अध्यक्ष ओलीले गठबन्धनको भविश्य असार १७ गते  सम्म भएको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवालाई आफ्ना ज्योतिषलाई असार १७ गते नेपालको राजनीतिमा हुने परिवर्तनको बारेमा देखाउन चुनौती समेत दिएका छन् ।  

एमाले अध्यक्ष ओलीले कांग्रेससँगै अन्य सहयात्री दलहरुलाई समेत होच्याए । माओवादी केन्द्रलाई दूध भात खोजी हिँड्ने बिरालो भएको टिप्पणी गरे । ओलीले पत्रकार सम्मेलनमा ६७ पृष्ठको ‘अपिल’ वाचन गरिएको थियो । उनले आफूमाथि प्रश्न सोध्ने पत्रकारलाई उल्टै उल्टै ‘तपाईं माओवादी हो ?’ भनेर समेत प्रतिप्रश्न गर्ने अवस्थामा पुगेका छन् ।  ओलीले काँग्रेसको घोषणापत्रलाई ‘पागलको प्रलाप’ को संज्ञा दिँदै  आएका छन्  ।