लोकसभा चुनाव : यसरी गरिनेछ मतगणना

लोकसभा चुनाव : यसरी गरिनेछ मतगणना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७६

काठमाडौं । भारतमा सम्पन्न लोकसभा चुनावको मतगणना मे २३ (बिहीबार)मा सुरु हुँदैछ । मतगणनाको सुरुवात बिहान ८ बजेदेखि हुने निर्वाचन आयोगले जनाएको छ । मतगणना चार टेबुलमा पोस्टल ब्यालेटको गणनाबाट सुरु हुनेछ ।

मतगणनामा २२ लाख ३० हजार ब्यालेट युनिट, १० लाख ६३ हजार कन्ट्रोल युनिट र १० लाख ७३ हजार भिपी प्याटको प्रयोग गरिनेछ । १० लाख ३५ हजार केन्द्रमा ३८ दिन लगाएर भएको मतदानको गणना गर्दा ३०–४५ मिनेटमा एक राउन्ड गणना हुनेछ । १०–१२ चरणमा गणना भएपछि एक क्षेत्रको गणना सकिनेछ । त्यसअघि उम्मेदवारका प्रतिनिधिले अनुसूची १७ ‘सि’बमोजित फाराम भर्नुपर्नेछ ।

यसरी एक क्षेत्रको अन्तिम नतिजा आउन रातीको ११ बज्न सक्नेछ ।

बिहान ८ बजेदेखि पोस्टल ब्यालेटको गणना सुरु हुनेछ । त्यसका लागि झण्डै दुई घन्टा लाग्नेछ ।

यसरी हेर्दा १० बजेदेखि मात्रै इभिएमको गणना सुरु हुनेछ ।

- एजेन्सीको सहयोगमा