'पुटिनले मार्शल ल लागू गर्न सक्छन्'

'पुटिनले मार्शल ल लागू गर्न सक्छन्'

एजेन्सी  |  विदेश  |  बैशाख २८, २०७९

अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मार्शल ल’ लागू गर्न सक्ने र औद्योगिक उत्पादनलाई पुनर्स्थापित गर्न सक्ने टिप्पणी गरेका छन् । अमेरिकी सिनेट समितिको सुनुवाइमा निर्देशक हेन्सले सो धारणा राखेका हुन् ।

रुसले ‘अस्तित्वको खतरा’ सामना गरे मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने बताएका छन् । रुसी राष्ट्रपतिले युक्रेनमा लामो द्वन्द्वका लागि तयारी गर्दै दोनबासभन्दा बाहिरका लक्ष्यहरू प्राप्त गर्न चाहेको उनले बताए । 

पछिल्लो समयमा रुसले पूर्वी युक्रेनमा हमला गरेको छ । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा लाखौँ युक्रेनी विस्थापित भएका छन् । यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर)ले रुसी हमलामा अहिलेसम्म ३ हजार १५३ जनाको मृत्यु भएको जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान गरिएको छ ।