लिभरपुलले हरायो एस्टन भिल्लालाई

लिभरपुलले हरायो एस्टन भिल्लालाई

एजेन्सी  |  खेलकुद  |  बैशाख २८, २०७९

१ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ ।

मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधि होड कायमै राखेको छ ।

लिभरपुलको जितमा जोएल माटिप र साडियो मानेले १-१ गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो ।

जितपछि लिभरपुल ३६ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा छ । 

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको समान अंक भए पनि शीर्ष स्थानमा छ । भिल्ला ४३ अंक जोडेर ११औँ स्थानमा छ ।