रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

एजेन्सी  |  विदेश  |  बैशाख २८, २०७९

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसैबीच रुसी क्षेप्यास्त्रहरूले युक्रेनको अर्को शहर ओडेसामा हमला गरेका छन् । सेनाहरूले मारिओपोलको अजोभस्टल स्टील प्लान्टमा आक्रमण जारी राखेका छन् । 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेनका लागि थप ४० अर्ब डलर सहायता स्वीकृत गरेको छ । सहयोगलाई माथिल्लो सदन सिनेटले पनि अनुमोदन गर्ने सम्भावना छ ।

यसैबीच युक्रेनको इज्युम शहरमा भत्किएको भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । युक्रेनमा युद्धका क्रममा पहिले अनुमान गरिएका भन्दा हजारौँ बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।