आइसिसीको र्यांकिङमा भारतीय खेलाडीको दबदबा, वन डे क्रिकेट ब्याटिङमा विराट पहिलो र रोहित दोस्रो

आइसिसीको र्यांकिङमा भारतीय खेलाडीको दबदबा, वन डे क्रिकेट ब्याटिङमा विराट पहिलो र रोहित दोस्रो
भारतीय टिमका रोहित शर्मा (बायाँ) र विराट कोहली ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ ८, २०७६

काठमाडौं । इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार क्रिकेटको र्यांकिङ गरेको छ ।

आइसिसीले सामान्य फेरबदल गर्दै र्यांकिङ जारी गरेको हो, जसअन्तर्गत वन डे ब्याटिङमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पहिलो नम्बरमा छन् । उनी ८९० अंकका साथ पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा छन् । उनले ८३९ अंक पाएका छन् । तेस्रो नम्बरमा न्युजिल्याण्डका रोस टेलर छन् । उनले ८३१ अंक पाएका छन् ।

यस्तै, वन डे बलिङमा भारतीय टोलीका जसप्रीत बुमराह पहिलो स्थानमा छन् । उनले ७७४ अंक पाएका छन् । दोस्रो स्थानमा न्युजिल्याण्डका टे«न्ट बोल्ट छन् । उनले ७५९ अंक पाएका छन् । यस्तै अफगानिस्तानका राशिद खान तेस्रो छन् ।