आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७९

निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटकपटक राजनीतिक दलका नेता, कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ । आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो । मौन अवधिमा के गर्न हुने र के गर्न नहुने प्रावधान पनि आयोगले जारी गरिसकेको छ । तर, देशका पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले मौन अवधिमै आचारसंहिताविपरीतका गतिविधि गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टी जनता समाजवादी पार्टी (जसपा)लाई संघीयता, सुशासन, समृद्धि र समाजवादका लागि उक्त पार्टीका उम्मेदवारहरूलाई मत मागे ।आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा मत माग्नुहुँदैन । नैतिक प्रश्न उठ्नेगरी भट्टराईले बुधबार मत मागेका हुन् ।

उनी मात्र होइन, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक भिडियो सन्देश जारी गर्दै एमालेका उम्मेदवारहरूलाई मत मागे । एमालेका उनी उपमहासचिव पनि हुन् । उनलाई त आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।