पूर्वप्रेमीहरु जो अहिले एक अर्कासँग बोल्दैनन्

पूर्वप्रेमीहरु जो अहिले एक अर्कासँग बोल्दैनन्

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ ८, २०७६

प्रेममा रहँदा एक अर्काबिना बाँच्न सक्दिन भन्ने बलिउडका चर्चित जोडीहरु जो अहिले एक अर्कासंग बोल्न त परै जाओस अनुहारसम्म हेर्न चाँहदैनन् । यी हुन  चर्चित जोडिहरु । 

१) सलमान – ऐश्वर्या 

१९९९ मा आएको फिल्म हम दिल दे चुके सनममा त्यसबखत सलमान खान तथा ऐश्वर्या रायको जोड़ीलाई दर्शकले खुब मन पराएका थिए । सलमान तथा ऐश एक अर्कालाई धेरै नै मन पराउँथे । तर सलमान खानको मदिरा सेवन गर्ने र मदिरा सेवन पछि गर्ने हिंस्रक व्यवहारका कारण ऐशले सलमानलाई छोडिन् । त्यसपछि पनि सलमानले उनलाई लामो समयसम्म सताउन छोडेनन् । उनको फिल्मको सेटमा गएर पनि सलमान हंगामा गर्थे । यसकारण सलमानसँग जोगिन पनि ऐश विवेकसँग डेट गर्न थालिन् । त्यसबेला सलमानले विवेकलाई फोन गरेर खुब थर्काए तथा मारिदिने भनेर पनि धम्क्याए । कुनै बेलाको प्रेमीको नाम लिंदा पनि ऐश्वर्याको अनुहार हेर्न लायक हुन्छ । 

२) अक्षय कुमार तथा शिल्पा शेट्टी

अक्षय कुमार ९०को  दशकमा कैसेनोवा को नामले चिनिन्थे । थुप्रै हिरोइनसँग उनको सम्बन्ध रहेको चर्चा थियो । त्यसबेला उनको नाम रवीना टंडनसंग पनि जोडिएको थियो । तर जब रवीनासँग उनको ब्रेकअप भयो त्यसपछिको शिल्पाका साथ उनको अफेयर सबैभन्दा चर्चित रह्यो। दुबैले विवाहको योजना समेत बनाउन शुरु गरिसेकका थिए । तर जब ट्विंकल खन्ना अक्षयको जीवनमा आइन त्यसपछि शिल्पासँग उनको सम्बन्ध टुट्यो । आजपनि दुबैजना एक अर्कासँग कुरा गर्दैनन् । 

३) सुष्मिता सेन तथा रणदीप हुड्डा

सुष्मिता सेनको नाम लाई पनि अभिनेता रणदीप हुड्डासँग जोडेर हेरिन्छ । २००८ देखि २०१० सम्म  दुबै रिलेशनशिपमा थिए। २००९ मा फिल्म ुकर्माको शूटिंगको समयमा भेट भएको थियो । सुष्मिता स्थापित कलाकार थिइन भने रणदीपलाई इंडस्ट्रीमा जम्नु थियो । केही समय दुबै सँगै रहे तर त्यसपछि ब्रेकअप भएको घोषणा गरे । रणदीपले त्यसपछि  यो ब्रेकअप उनको जीवनको सबैभन्दा राम्रो निर्णय भएको बताए । 

४) करीना कपूर तथा शाहिद कपूर

करीना कपूर अहिले सैफ अली खानको बेगम बनिसकेकी छन् भने शाहिद कपूरले पनि  मीरा राजपूतको साथ घरबार बसाइसके । शाहिद करीना को लव स्टोरी उनीहरुको करियरको शुरुवातको दिनमा नै प्रारम्भ भएको थियो । तर जब दुबैको करियर बिस्तारै अघि बढ्यो उनीहरुको बीचमा दूरी बढ्दै गयो ।  करीनाले सैफसँग विवाह गरेपछि शाहिद एक्लो भए । यो ब्रेकअपबाट बाहिर आउन उनलाई लामै समय लाग्यो । करीना र शाहिदले उड्ता पंजाब फिल्ममा  सँगै काम गरेपनि उनीहरुबीच बोलचाल हुँदैन । 

५) कंगना रनावट तथा ऋतिक रोशन

कंगना रनावट तथा ऋतिक रोशनकाबीच जब वाकयुद्ध भयो त्यसपछि मात्र लाग्यो कि यी दुईबीच केही थियो । ऋतिकले यो कुरालाई वारम्वार अस्वीकार गरेपनि कंगनाले भने यसलाई दावाका साथ भनिन कि उनको ऋतिकका साथ अफेयर थियो । अहिले अफेयर भन्दा पनि उनीहरुको झगडा चर्चित छ । 

६) करिश्मा कपूर तथा अभिषेक बच्चन

अभिषेक बच्चनको  जिंदगीमा अहिले विश्व सुन्दरी ऐश्वर्या राय बच्चन छिन् । कुनै समय उनको विवाह करिश्मा कपूरसँग हुने पक्का पक्की भएको थियो । तर कपूर परिवारले यो सम्बन्ध अघि नबढाउने निर्णय गरे । र पछि  करिश्माको विवाह व्यापारी  संजय कपूरसँग गर्ने निर्णय गरे । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन र सम्बन्ध विच्छेद भयो । अहिले पनि  करिश्मा र  अभिषेक एक अर्कालाई देखेभने मुण्टो बटार्छन् । 

७) जॉन अब्राहम तथा बिपाशा बसु

जॉन अब्राहम तथा बिपाशा बसु १० वर्षसम्म रिलेशनशिपमा रहेका थिए । उनीहरु दुबैले विवाह गर्ने निर्णय पनि गरेका थिए । तर अचानक आफ्नो निर्णय बदल्दै जॉनले प्रिया रुचालसँग विवाह गरे । जॉनसँग अलग भएपछि बिपाशाले करण सिंह ग्रोवरसँग विवाह गरिन् । आज पनि दुबै एकअर्कासँग बोल्दैनन् ।