मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी: रुस्तमकुमार यादव पक्राउ

मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी: रुस्तमकुमार यादव पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७९

सर्लाही । प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनकाे साथबाट प्लास्टिकमा पोको पारेर टाउकोमा बोकेको अवस्थामा १३ किलो ९ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे भनाइ छ ।

यादवलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको पोकोमा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । आवश्यक कारबाहीका लागि बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

एसवी थापा/न्युज कारखाना