स्थानीय तह निर्वाचन मतदानको निर्धारित समय सकियो

स्थानीय तह निर्वाचन मतदानको निर्धारित समय सकियो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७९

काठमाडौँ । स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।  

देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ । 

देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।