मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी

मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७९

भक्तपुर ।  मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा ९एमाले०का प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नुभएको छ ।

वडा सदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनुभएको छ । यसैगरी वडा सदस्यमा कांग्रेसका शेखर थापामगर विजयी हुनुभएको छ । गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राख्नुभएको छ भने गठबन्धनबाट नेकपा९ माओवादी केन्द्र ० का विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी रहेको मतगणना स्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिनुभयो । त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनुभएको छ । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो । मत गणना जारी छ ।