गुल्मी : गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका थापाद्वय विजयी

गुल्मी : गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा  कांग्रेसका थापाद्वय विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७९

गुल्मी । गुल्मी स्थित गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ ।

अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् ।  दुबै कांग्रेस उम्मेदवार हुन् ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए । 

७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएकाे छ ।