दिप्रुङ चुइचुम्मा –२ : अध्यक्षमा बद्री  कटुवाल, सदस्यमा टंक थापा

दिप्रुङ चुइचुम्मा –२ : अध्यक्षमा बद्री  कटुवाल, सदस्यमा  टंक थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७९

खोटाङ । जनता समाजवादी पार्टी (जसपा) का खोटाङ जिल्ला अध्यक्ष टंक थापा वडा सदस्यमा निर्वाचित भएका छन् भने साेही वडाको वडा अध्यक्षमा  नेपाली का‌ंग्रेसका बद्री कटुवालले वडा अध्यक्षमा निर्वाचित भएका छन्  ।

थापा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँबाट वडा सदस्यमा निर्वाचि भएका हुन् । थापाले ३१९ मत पाएका छन् । डाँडागाउँमा माओवादी केन्द्र र जसपाको गठबन्धन थियो ।
वडाध्यक्षमा भने नेपाली  कांग्रेसका बद्री  कटुवाल विजयी भएका छन् । वडामा कांग्रेसको दुई सदस्य र माओवादी केन्द्रको दलित महिला सदस्य विजयी भएका छन् ।

गठबन्धन दलको सहमति अनुसार थापा जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी बीचमा भागबण्डा गर्नेक्रममा जिल्ला समन्वय समिति जसपालाई दिने सहमति छ ।

सोही सहमति अनुसार साकेला गाउँपालिका–२ रतन्छामा जसपाका केन्द्रीय सदस्य सनबहादुर राई पनि वडा सदस्यका उम्मेदवार रहेका छन्