डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्षमा विजयी

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्षमा विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७९

डोटी।  डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

निर्वाचन अधिकृत वसन्त बहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भैरव बहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरी कुमारी विष्ट (कलेल)ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गर्नुभएको छ । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र) की देवी सरा घर्तीले ८३२ मत प्राप्त गर्नुभएको छ । यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबल बहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा ९माओवादी केन्द्र० का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा ९एमाले० का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदम सिंह बोहरा विजयी हुनुभएको छ ।