झापाको कमल गाउँपालिकाको वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बा

झापाको  कमल गाउँपालिकाको वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७९

झापा । झापा स्थित कमल गाउँपालिकाको वडा नं २ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा विजयी भएका छन्  ।
सो वडामा नेकपा एकीकृत समाजवादी सहित कांग्रेस, माओवादी र जसपाको गठबन्धन रहेको बताईएकाे छ ।  गठबन्धनबाट वडा अध्यक्ष पदका साझा उम्मेदवार अशोक सुब्बा विजयी भएका हुन् ।

उनले १ हजार ५ सय ८९ मत प्राप्त गरि विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ८०० सय मत ल्याएको  निर्वाचन आयोगले जनाएको छ ।