कम्युनिस्टभन्दा कठोर कांग्रेस ! माओवादी र एकीकृत समाजवादी कांग्रेसको साख फिर्ता गराउने सारथि मात्रै ?

लोकसंवाद टिप्पणी

कम्युनिस्टभन्दा कठोर कांग्रेस ! माओवादी र एकीकृत समाजवादी कांग्रेसको साख फिर्ता गराउने सारथि मात्रै ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

कम्युनिस्टहरु आफूलाई सिद्धान्त प्रति कठोर र प्रतिबद्ध भएको र कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउँदै आएका पार्टीहरु हुन ।  तर स्थानीय तहको निर्वाचनको सुरुवाती परिणामलाई हेर्ने हो भने  कम्युनिस्ट पार्टीका भन्दा कांग्रेस पार्टीका कार्यकर्ता निकै कठोर पार्टी प्रति प्रतिबद्ध र दायाँबायाँ नहुने अबस्थामा देखिएका छन् ।यसपटक स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलले गठबन्धन बनाएका थिए । 

निर्वाचनको प्रारम्भिक परिणामलाई आधार मान्ने हो भने अधिकांश स्थानमा गठबन्धन कांग्रेसलाई चुनाव जिताउने (फाइदै फाइदा)  र कम्युनिस्ट पार्टीलाई नै कमजोर पार्ने अस्त्र  ( घाटैघाटा ) जस्तो देखिएको छ । 

सत्ता गठबन्धनको कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका धेरै स्थानमा जित हात पार्ने सम्भावना बढेको छ । तर कांग्रेस बलियो रहेका अधिकांश स्थानमा भएका तालमेलमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा चुनावी परिणाम हात नपर्ने देखिएको छ । 

 यसबाट तीन कम्युनिस्ट घटक र जसपालाई  कांग्रेससँगको गठबन्धनबारे समीक्षा नै गर्नुपर्ने अवस्थामा पुर्‍याउने त होइन भन्ने स्थानमा पुर्‍याएको छ ।  गठबन्धन निर्माण गर्दा नै किचलो गर्ने र एक्लै चुनाव लड्ने धम्की दिने कांग्रेसका नेता कार्यकर्ताहरुले औपचारिक रुपमा पार्टीमा विद्रोह गरेर सो निर्णयलाई परिवर्तन गराउन नसके पनि मत परिणामबाट कम्युनिस्ट पार्टीसँगको गठबन्धनको औचित्यमाथि भने गम्भीर प्रश्न उठाएका छन् ।

निर्वाचनको प्रारम्भिक परिणाम आइरहेको अवस्थामा यसै हुन्छ भनेर कुनै दलले प्रतिक्रिया नदिए पनि कांग्रेस बलियो भएका स्थानमा गठबन्धनका उम्मेदवार पराजित हुने वा पछि भएको देखिएको छ । यसबाट गठबन्धन कांग्रेसका लागि अघिल्लो निर्वाचनमा गिरेको साख फिर्ता गर्न अवसर बनेको देखिए पनि अन्य दलका लागि भने गठबन्धन फाइदाजनक नदेखिएको निश्कर्ष निकाल्न थालिएको छ । 

प्रचण्डले तोड्न सक्लान् ?

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी र नेपाली कांग्रेसबीच तालमेल भएको थियो । जसमा माओवादी केन्द्रका धेरै उम्मेदवारहरु पराजित बन्न पुगेका थिए । कांग्रेसका नेता, कार्यकर्तादेखि मतदाता सम्मले माओवादीलाई मत नदिने देखेपछि प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गर्ने निर्णय गरेको थियो । 

केपी ओलीको दम्भले त्यसबेलाको पार्टी ३ टुक्रामा विभाजित भएको छ । अहिले यी नै साना टुक्राको तागतका कारण कांग्रेस र स्वतन्त्र उम्मेदवारहरु विजयी भइरहेका छन् भने माओवादी, एकीकृत समाजवादी, जसपा का उम्मेदवारहरु कांग्रेसको बलियो साथ नपाउँदा धेरै ठाउँमा पराजित हुने सम्भावना बढेको छ ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धन सुरु भएको थियो । 

त्यसबेला पनि स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको चुनावमा समेत गठबन्धन गरेर जाने निर्णय  नेपाली कांग्रेस र माओवादी केन्द्र बीचको भएको थियो । त्यसपछि स्थानीय चुनाव लगत्तै प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग वाम गठबन्धन बनाउने निर्णयमा  माओवादी केन्द्र पुगेको थियो । त्यसबेला धेरै काँग्रेसले माओवादीले धोका दिएको आरोप लगाए ।

केही दिन अघि चितवनमा पनि कांग्रेस नेताहरुले आफूहरुलाई धोका नदिन पटक पटक सम्झाए । तर निर्वाचनमा परिणामलाई हेर्ने हो भने यसपटक पनि माओवादी र नेकपा एस यही गठबन्धनमा रहिरहने सम्भावना कम देखिएको छ । त्यसबेला माओवादीले कांग्रेसको साथ छाड्नुपर्ने अवस्थाबारे माओवादी नेताहरु नै जानकार थिएनन् । यसपटक पनि स्थानीय तहको निर्वाचनमा कांग्रेस सँगै गठबन्धन भएको छ । तर मत परिणामको अवस्थालाई हेर्ने हो भने अब त्यसबेलाको निर्णयबारे अन्य नेताले समेत बुझ्ने अवस्था सिर्जना भएको छ । 

यसबाट के बुझिन्छ भने ५ वर्षपछि पनि त्यसबेलाको अवस्था र सोचमा तात्विक फरक आएको  देखिएको छैन  । फरक यतिमात्रै भयो कि त्यसबेला कम विरोध गरे पनि कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट हालेका कांग्रेसले यसपटक विरोधसहित मत समेत कम हालेको पाइएको  छन् । त्यसबेला कांग्रेसले ६०–४० को प्रस्ताव गर्दा देउवाले अस्वीकार गरेका थिए । 

त्यसपछि एमालेसँग त्यही सहमतिसहित गठबन्धन भएर प्रदेश र संघीय निर्वाचनमा माओवादी र एमाले ठूलो पार्टी हुन पुगेका थिए । तर केपी ओलीको दम्भले त्यसबेलाको पार्टी ३ टुक्रामा विभाजित भएको छ । अहिले यी नै साना टुक्राको तागतका कारण कांग्रेस र स्वतन्त्र उम्मेदवारहरु विजयी भइरहेका छन् भने माओवादी, एकीकृत समाजवादी, जसपा का उम्मेदवारहरु कांग्रेसको बलियो साथ नपाउँदा धेरै ठाउँमा पराजित हुने सम्भावना बढेको छ ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धन सुरु भएको थियो । 

प्रतिनिधिसभामा गठबन्धन गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्यो भने त्यही गठबन्धनलाई स्थानीय तह निर्वाचनमा भने घाटा लागेको छ । ७५३ स्थानीय तहमध्ये ५० प्रतिशत भन्दा कम स्थानीय तहमा गठबन्धन भएको थियो । 

आइतबार अबेरसम्मको मत परिणामलाई हेर्ने हो भने तालमेल भएका ठाउँमा पनि कांग्रेसको भोट अरु दलमा सहज रुपमा आएको देखिएको छैन । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले २६४ स्थानीय तहमा विजयी हुँदा एमालेले २९४ र माओवादी केन्द्रले १०३ स्थानमा जित हात पारेका थिए । अहिलेसम्म प्राप्त मत परिणामअनुसार कांग्रेसले सर्वाधिक स्थानमा अग्र स्थानमा रहेको छ ।  गठबन्धनका अन्य दलको भने अपेक्षाकृत मत नआएको अबस्था देखिएको छ । गठबन्धनको परिणाम इमान्दार रुपमा नदेखिँदा वर्तमान समीकरणमा फेरबदल त आउने होइन ? भनेर सर्वत्र चर्चा हुन थालेको छ ।