खोटाङको बराहपोखरीमा अध्यक्षमा कांग्रेसका  वञ्जरा  र उपाध्यक्षमा  एकीकृत समाजवादीका राई  विजयी

खोटाङको बराहपोखरीमा अध्यक्षमा कांग्रेसका  वञ्जरा  र उपाध्यक्षमा  एकीकृत समाजवादीका राई  विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम वञ्जरा विजयी भएका छन् । उनी एमालेका उम्मेदवार गोमा मगरलाई ८५१ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विजयी वञ्जरा गठबन्धनका उम्मेदवार हुन् । 

बञ्जराले ३ हजार १८१ मत र मगरले २ हजार ३३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बञ्जरा निवर्तमान गाउँपालिका अध्यक्ष र मगर निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा गठबन्धनतर्फबाट एकीकृत समाजवादीका भुबलराज राई विजयी भएका छन् । उनले २६९२ मत पाएका छन् । उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका जीवनकुमार राईले २२९५ मत पाए ।