सूर्यविनायक-२  बालकोटमा नेपाली कांग्रेसका  प्रदीप कार्कीको प्यानलै विजयी

सूर्यविनायक-२  बालकोटमा नेपाली कांग्रेसका  प्रदीप कार्कीको प्यानलै विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा रञ्जिता तिखात्री हुनुहुन्छ ।

सूर्यविनायक नगरपालिका वडा नं १ र २ को अन्तिम मत परिणाम आउँदासम्म नगर प्रमुखमा कांग्रेसका उम्मेदवार निशान ढुङ्गेलले अग्रता लिइर हनुभएको छ भने उपप्रमुखमा नेकपा (एमाले)की सरिता भट्टराईले अग्रता लिनुभएको छ । वडा नं ३ को मतगणना जारी रहेको छ ।