सुवास नेम्वाङको पूर्व स्वकीय सचिव बुद्धि खनाल  वडाध्यक्षमा

सुवास नेम्वाङको पूर्व स्वकीय सचिव बुद्धि खनाल  वडाध्यक्षमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

इलाम । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका-७ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।

खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु, र लिला बहादुर राई निर्वाचित भएका छन् ।