गुटबन्दीले कांग्रेस कमजोर

गुटबन्दीले कांग्रेस कमजोर

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय तहमा नै मौलाएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेर फर्केका नेताहरूले बताएका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण पनि गुटबन्दी नै भएको निष्कर्ष निकालेका छन् ।

पार्टीको जागरण अभियानका क्रममा दुई साताजति डोटीका कार्यकर्तासँग घुलमिल हुनुभएका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं त्यहाँका आम कार्यकर्ताहरुको एउटै माग नेताहरु मिलून् भन्ने नै रहेको बताउनुहुन्छ । गुटबन्दी छाडेर सबै नेता एकढिक्का भए कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सकिने आम कार्यकर्ताको धारणा रहेको उहाँको निष्कर्ष छ ।

कांग्रेसकै अर्का नेता रामहरि खतिवडाको भनाइ पनि यस्तै छ । गुटबन्दीले कार्यकर्तामा चरम निराशा बढेको पाइएको बताउँदै उहाँ भन्नुहुन्छ– ‘मुहान धमिलो भएपछि धाराको टुकी मात्र सफा गरेर हँुदैन भनेजस्तै केन्द्रबाटै गुटवन्दीको अन्त्य गर्नुपर्छ ।’

जागरण अभियानअन्तर्गत दुई साता भोजपुरका कार्यकर्तासँग अन्तरक्रिया गरी मंगलबार राजधानी फर्कनुभएका उहाँका अनुसार एक÷एक नेताको एक/एक कार्यकर्ता गाउँ तहसम्म छन् । नेता खतिवडा थप्नुहुन्छ– ‘जागरण अभियानमा समेत केन्द्रीय नेताहरु एकले अर्कोको आलोचना गरेको सुनिन्छ ।’ आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।