टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २, २०७९

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको  युगान्डाले सुरुवाती ब्याटिङ गर्नेछ ।

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो शृंखला खेल्न लागेको हो ।

नेपाल र युगान्डाबीच ५ टी- २० खेल हुनेछन् । खेल ७ जेठसम्म टीयू मैदानमा चल्नेछ ।