एकीकृत समाजवादीका विद्रोही उम्मेदवार कमलबहादुर शाही खाँडाचक्र नगरपालिकाको मेयर !

एकीकृत समाजवादीका विद्रोही उम्मेदवार कमलबहादुर शाही  खाँडाचक्र नगरपालिकाको मेयर !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७९

कालिकोट ।  कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एकीकृत समाजवादीबाट टिकट नपाएपछि  स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् । शाही २७९७ मत ल्याएका थिए ।
 
शाहीका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले २३६६ मत ल्याएका थिए । 
उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन् ।