खोटेहाङ गाउँपालिका: अध्यक्षमा माओवादी केन्द्रका उदिम र उपाध्यक्षमा  कांग्रेसका रुपेश  विजयी

खोटेहाङ गाउँपालिका: अध्यक्षमा माओवादी केन्द्रका उदिम र उपाध्यक्षमा  कांग्रेसका रुपेश  विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७९

खोटाङ ।  खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिम बहादुर राई र उपाध्यक्षमा  कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् । 

उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।