सप्तरीको शम्भुनाथ: मेयर उपमेयरमा एकीकृत समाजवादीका जितेन्द्र र अनिता विजयी

सप्तरीको शम्भुनाथ: मेयर उपमेयरमा एकीकृत समाजवादीका जितेन्द्र र अनिता विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७९

सप्तरी । शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता कलवार निर्वाचित भएका छन्। उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याएर गुप्तालाई पराजित गरेका थिए।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरी उपप्रमुखमा ४ हजार ९९८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जल्पनाकुमार सरदारले ४ हजार २७१ मत प्राप्त गरिन्।

कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाएपछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैटाैं स्थानमा रहेकी छिन्।

वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५/५, जसपा र लोसपाले १/१ वडा अध्यक्षमा निर्वाचचित भएका छन् । एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह, ८ मा इन्द्रकान्त चौधरी, ९ मा प्रभु मलाहा, ११ मा राजकुमार साह र १२ मा सञ्जयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्। 

यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह, २ मा दुर्गानन्द भगत, ३ मा नविनकुमार चौधरी, ५ मा जामुनप्रसाद चौधरी र ६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल निर्वाचित भएका छन्।