लोकसभा चुनाव मतगणना : वाराणसीमा मोदीको एक लाखभन्दा बढीको अग्रता

लोकसभा चुनाव मतगणना : वाराणसीमा मोदीको एक लाखभन्दा बढीको अग्रता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । लोकसभा चुनावअन्तर्गत जारी मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीले फराकिलो अग्रता कायम गरेका छन् । भारतीय न्युज टेलिभिजन आजतकका अनुसार मोदी वाराणसी सिटमा आफ्ना प्रतिद्वन्द्वीभन्दा एक लाख ६३ मतले अगाडि छन् ।

यो सिटमा कांग्रेस अजय रायले मोदीसँग प्रतिष्पर्धा गरेका थिए ।

आजतकको पछिल्लो अपडेट अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३३७ सिटमा अग्रता कायम गरेको छ । यस्तै, कांग्रेसले ९१ र अन्यले ११४ सिटमा अग्रता लिइरहेका छन् ।