नबिल बैंक र लगानी बोर्ड बीच विदेशी सहजीकरण तथा प्रवर्द्धन सम्बन्धी सम्झौता

नबिल बैंक र लगानी बोर्ड  बीच विदेशी सहजीकरण तथा प्रवर्द्धन सम्बन्धी सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ५, २०७९

काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धन लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।

यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसँग सहकार्य गर्ने  नबिल बैंकको  संस्थागत संचार बिभागले जनाएको छ ।

नबिल बैंक पुर्वाधार विकासमा विगत ३७ बर्ष देखि नै योगदान गर्दै आईरहेको छ । यसै क्रममा पुर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० बर्ष देखी नै निकै सहभागिता र सकृयता  देखाउँदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवर्द्धन गर्दै आइरहेको छ ।

सो साझेदारीलाई विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पुर्वाधार कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पुरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्नेछ । 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । विदेशी लगानी भित्रयाउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेको कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार बनाएको श्री भट्टले बताए । त्यसै गरि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए ।

यसै क्रममा नबिल बैंक यस गरिमामय संस्था लगानी बोर्ड नेपालको कार्यालयको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौता गर्न पाउ“दा बैंक गौरान्वित रहेको कुरा प्रमुख कार्यकारी अधिकृत श्री शाहले बताए । 
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बै‌ंकले जनाएको  छ ।