कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७९

कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेको छ । 

उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।