सुनसरीको बर्जुमा अध्यक्ष र उपाध्यक्ष नै एमाले विजयी

सुनसरीको बर्जुमा अध्यक्ष र उपाध्यक्ष नै  एमाले विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ६, २०७९

सुनसरी ।  सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गर्नुभएको छ ।

    छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।