रहरले परदेशी कोही हुन्न सार्वजनिक (भिडियोसहित)

रहरले परदेशी कोही हुन्न सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ ६, २०७९

'केटा ऋणको भारी बोकाएर ठेल्यौ घर देशले
नुनको गुन तिराएर पेल्यो परदेशले
केटी: नजाऊ भन्दा नमानेर गायौ आफ्नै रहरले
देशमै काम गरी खाऊँ भन्थे गाउँ-सहरले
युगल: रहरले परदेशी कोही हुन्न
 दुःखमा नपरी कोही रुन्न !'

अभाव, आवश्यकता र बाध्यताले देश छोडेर बिदेसिन विवश लाखौँ नेपाली युवाहरूको साझा अनि सत्य कथा गीतको रुपमा सार्वजनिक भएको छ  ।

एउटा युवा दुख गरेर पढ्छ,दक्ष हुन्छ तर देशमा आफ्नो योग्यता अनुसारको काम पाउँदैन ।  हात भरी  प्रमाण पत्रहरू बोकेर रोजगारीको लागि विभिन्न निकाय चाहर्दा पनि जागिर नपाएपछि बाध्य भएर घर(जग्गा धितो राखेर चर्को ब्याजदरमा पैसा काढ्छ र बिदेसिन्छन् ।

 आर र भौतिक रुपमा सबल अनि प्राकृतिक रुपमा सुन्दर देशमा पुगेर काम त सुरु गर्छ तर आफ्नो मन,मुटु स्वदेश तथा घर(परिवारसँगै पुगी रहँदा ‘होम सिक’ले लगभग डिप्रेसनको सिकार बन्छ ।  वृद्ध बा(आमा, जवान श्रीमती अनि नाबालक छोरालाई चटक्कै छोडेर बिदेसिनु रहर नभएर कहर भएको स्वीकारोक्ति सँगै चित्त बुझाउने कोसिस त गर्छ तर उता प्राण प्यारीको ‘कि त मलाई उतै लैजाऊ नत्र तिमी आऊ, एउटा मुटु दुई वटा हुँदा झन् दुख्छ घाउ।’- फोन संवादले बिरक्तिन्छ ।

गीतले झन्डै असी लाख आप्रवासी नेपालीहरूको साझा कथा बोलेको छ  । खासगरीकन  बेरोजगार अनि स्वदेशमा व्याप्त बेरोजगारी समस्याले उत्पन्न गरेको जर्जर परिस्थितिलाई उजागर गरेको छ । आफ्नै देशमा कामको अवसर भए बिदेसिन रहर कसलाई हुन्छ र ? भन्ने गहन विषय र यथार्थ भावको प्रतिनिधित्व गर्दै प्रस्तुत गीत यही ४ जेठ २०७९ बुधबारदेखि साई राम मिक्स्चर युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ  पर्यटन उद्योगमा चमत्कारिक विकास गरेको,टापुहरूको देश,पूर्वी अफ्रिकाको सेसेल्समा छायाङ्कन गरिएको यो पहिलो नेपाली म्युजिक भिडियो बनेको छ ।

 यही कार्यरत केही सृजनशील नेपाली युवाहरूको साझा प्रयासमा बनेको रहेको  म्युजिक भिडियोको गीतमा गणेश खड्काको शब्द,राजनराज सिवाकोटीको सङ्गीत,स्वरूपराज  आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ । 

 सेसेल्स र नेपालमा आधा(आधा भाग छायाङ्कन गरिएको गीतको भिडियो सुरेश पाण्डेले निर्देशन र पंकज श्रेष्ठले सह-निर्देशन गरेका हुन् । आरपी पन्त,गरिमा शर्मा,निर्मल शर्मा र ममता लामाको जीवन्त अभिनय रहेको प्रस्तुत भिडियोमा पंकज श्रेष्ठ,मनोज बिक,आरसी राई,खेम गोदार थापा, देवसिंह ठकुरी,विकाश थापा मगर,शिवराम अर्याल,चन्द्र चेम्जोङ साथै बाल कलाकारमा तिलक विकले सहायक भूमिका निर्वाह गरेका छन्  गुरिल्ला रक क्रियसनको पहिलो प्रस्तुति रहेको यो गीतको निर्माण पक्षले प्रवासमै रहेर पनि आफ्नो भाषा,साहित्य,सङ्गीत,संस्कृति र कलाको उन्नयनका निम्ति आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताएको छ  ।

रहरले परदेशी कोही हुन्न सार्वजनिक !