दलहरूलाई स्वतन्त्र उम्मेदवरको हाँक ! २ उपमहानगर र ३ महानगरमा एमाले रणनीतिमा 'ब्याक फायर' !!

लोकसंवाद टिप्पणी

दलहरूलाई स्वतन्त्र उम्मेदवरको हाँक ! २ उपमहानगर र ३ महानगरमा एमाले रणनीतिमा 'ब्याक फायर' !!

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७९

स्थानीय निर्वाचनका अधिकांश स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा केही अप्रत्यासित नतिजाहरु आए भने कतिपय स्थानमा पार्टी र नेताको अन्यायमा परेकालाई जनताले जिताएर न्याय प्रदान गरिरहेका समाचार बनिरहेका छन् । 

महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारी दिने तयारीमा थियो,  प्रह्लादकुमार क्षेत्रीलाई ।  तर मनोनयन दर्ताको दिन कांग्रेस सभापति शेरबहादुर देउवाले क्षेत्रीलाई उम्मेदवार बन्न टिकट दिएनन् ।

बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसबाट चिरञ्जीवी हमाल पार्टीबाट टिकट पाएर आधिकारिक उम्मेदवार बने । पार्टीबाट टिकट नपाएपछि क्षेत्रीले विद्रोह गर्दै समूह बनाएर वडा–१ देखि १४ सम्म स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उनी १४ हजार २१० मत ल्याएर मेयरमा निर्वाचित भए ।

माओवादीको आधार क्षेत्र मानिएको बर्दिबासमा कांग्रेसबाट बागी उठेका क्षेत्रीले ४ हजार ४७४ मतान्तरले नेकपा माओवादी केन्द्रका राजु खड्कालाई पराजित गरेर मेयर बने । उनकै प्यानलबाट उपमेयर पदकी स्वतन्त्र उम्मेदवार तारादेवी महतो र चार वटा वडाका वडाध्यक्ष पनि निर्वाचित भए । 

उनीमात्रै होइन यसपटक ९ वटा पालिकामा प्रमुखहरु स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । यसरी विजयी हुनेमध्ये केही उम्मेदवार पार्टीबाट टिकट नपाएर स्वतन्त्र उठेका उम्मेदवार छन् अर्थात् अधिकांश उम्मेदवारहरु प्राविधिक रुपमा मात्र स्वतन्त्र भएका  हुन् । जसलाई पार्टीले नपत्याए पनि जनताले पत्याएका छन् ।

स्थानीय तहको निर्वाचनमा एकातिर सत्तारुढ गठबन्धनका रहेका दलहरु र अर्कोतिर एमालेसहित ७ वटा पार्टी बीचमा गठबन्धन कायम भएको थियो । सोही कारण कतिपय स्थानीय तहमा सबै पार्टीका उम्मेदवार थिएनन् । आफ्ना उम्मेदवार नभएका स्थानीय तहमा अर्को पार्टीलाई मत हाल्नुपर्ने अवस्था सिर्जना भएपछि स्वतः त्यसबाट विद्रोह गरी उम्मेदवार उठ्ने क्रम ह्वातै बढेको थियो । 

मतगणनामा देखिएको मतदानको रुझान हेर्दा पनि जगन्नाथ पौडेलको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जाँदा एमालेलाई नै जितमा सहज हुने अवस्था देखियो । तर उनको उम्मेदवारीले कांग्रेसको असन्तुष्ट भोट उनलाई नै जाँदा माओवादी केन्द्रलाई जित्न सहज हुँदै गएको त होइन ? भन्ने प्रश्न उठेको छ ।  यसलाई भरतपुरमा एमालेको रणनीतिको 'ब्याक फायर' का लिन  थालिएको छ

 यसरी उम्मेदवार उठेका मध्ये केहीले सफलता पनि पाएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार नै अगाडि छन् । सुनसरीको धरान र कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवारकै दबदबा रह्यो । तर सबैभन्दा बढी चर्चा र चासो यसपटक चितवनको भरतपुरमा छ । त्यहाँ कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले जितेका उम्मेदवार भन्दा बढी चर्चा पाए र पाइरहेका छन् । 

पहिलो त यहाँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल उम्मेदवार भएका कारण पनि चर्चामा थियो । त्यसमाथि पनि कांग्रेसले महानगर माओवादीलाई छाड्नुपरेको भन्दै केही कांग्रेसका नेताहरु आक्रोशित नै थिए ।

तर गठबन्धनमा रहेका दलहरुबीच महानगरमा भागबण्डा भएपछि एउटा माओवादीले पाउनु स्वभाविक थियो । गठबन्धन भएका महानगरहरूमा गठबन्धनकै उम्मेदवारहरु विजयी बन्ने अवस्था पनि देखिएको छ । यसपटक गठबन्धनलाई जिल्याउँदै पोखरा, काठमाडौं र भरतपुरमा जित्ने एमालेको दाउ थियो ।

सोही अनुसार पोखरामा प्रदेश सांसदलाई ल्याएर उम्मेदवार बनाएको थियो भने भरतपुरमा पनि विजय सुवेदीलाई ल्याएर उम्मेदवार बनाएको थियो । पोखरामा एकीकृत समाजवादीका नेता धनराज आचार्यको बलियो प्रभावसहित गठबन्धनको साथले जित नजिक देखिएको छन् भने भरतपुरमा पनि माओवादी केन्द्रकी रेनु दाहालले जित्ने निश्चित जस्तै देखिएको छ । 

यस पटक भरतपुरमा जगन्नाथ पौडेललाई समर्थन गर्नेमा सबैभन्दा बढी एमालेका नेता कार्यकर्ताहरु देखा परे ।  उनीहरुलाई जगन्नाथ उम्मेदवार बन्दा कांग्रेसको भाट तान्ने र एमालेलाई जित्न सहज हुने उनीहरुको अनुमान गलत सावित हुँदै आएको छ । 

तर एमालेको विश्लेषणभन्दा जनताको मताधिकार फरक ठाउँमा प्रयोग भएको देखिएको छ । कांग्रेसका ठूलो भोट जगन्नाथले काट्ने र रेणुको मतमा थपिन नपाउने उनीहरुको विश्लेषण थियो । तर एमालेले भरतपुरमा जे विश्लेषण गरेको थियो, त्यसको 'ब्याक फायर'  एमालेलाई नै भएको निश्कर्ष निकाल्न थालिएको छ ।

जगन्नाथ बागी हुँदा कांग्रेसको मत पाउने एमालेको एकमुस्ट मत पाउँदा आफूहरुले जित्ने एमालेको निश्कर्षका ठीक उल्टो परिणाम देखियो । जगन्नाथले माओवादीमा नआउने कांग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरिदिँदा रेणुलाई जित्न सजिलो भयो । 

मतगणनामा देखिएको मतदानको रुझान हेर्दा पनि जगन्नाथ पौडेलको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जाँदा एमालेलाई नै जितमा सहज हुने अवस्था देखियो । तर उनको उम्मेदवारीले कांग्रेसको असन्तुष्ट भोट उनलाई नै जाँदा माओवादी केन्द्रलाई जित्न सहज हुँदै गएको त होइन ? भन्ने प्रश्न उठेको छ ।  यसलाई भरतपुरमा एमालेको रणनीतिको     'ब्याक फायर' का लिन  थालिएको छ ।

संसदीय राजनीतिमा चतुर र जीतको परिणाम हात पार्न रणनीति बनाउन  माहिर रहेको एमाले यस पटको स्थानीय निर्वाचनमा उपमहानगर सुनसरीको  धरान, कैलालीकाे धनगढी र  महानगरहरूमा काठमाडौँ, पाेखरा र भरतपुरमा असफल हुने सम्भवना बढ्दै गएकाे छ । धनगढी र भरतपुर बाहेकका सबै ठाउँ एमालेले जितेको र उसकै  प्रभाव क्षेत्र रहेको कुरा वडा अध्यक्षहरुको विजयले पनि प्रमाणित गरिरहेको छ । 

दलीय व्यवस्थामा शक्तिशाली दलका बिरुद्ध दुई वा त्यो भन्दा बढी दल तालमेल वा गठबन्धन गर्नुलाई समान्य मानिए पनि दलका चर्चित र बलवानहरुलाई  स्वतन्त्र उम्मेदवारले दिएको हाँकलाई भने कम आँक्न नहुने र दलहरुले सच्चिनु वा दल दलीय व्यवस्थाको  विकल्पमा तयार हुने पर्ने अवस्थामा पुर्‍याएको छ ।