मित्रवत् प्रतिस्पर्धा ! कर्णाली र सुदूरपश्चिममा एकीकृत समाजवादी विरुद्ध कांग्रेस-माओवादी गठबन्धन !!

लोकसंवाद टिप्पणी

मित्रवत् प्रतिस्पर्धा ! कर्णाली र सुदूरपश्चिममा एकीकृत समाजवादी विरुद्ध कांग्रेस-माओवादी गठबन्धन !!

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७९

काठमाडौँ । नेकपा एमालेबाट गत भदौमा विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) को सबैभन्दा बलियो पकड क्षेत्रमा प्रचारित क्षेत्र थियो  कर्णाली र सुदूरपश्चिम प्रदेश ।

तत्कालीन एमालेको कर्णाली प्रदेश संसदीय दलको ह्वीप नमानेर विद्रोहको थालनी गरेको कर्णाली र सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल भएका कारण पनि यो क्षेत्रमा एकीकृत समाजवादीले राम्रो परिणाम ल्याउने अनुमान गरिएको थियो ।

तर कर्णालीमा चार स्थानमा मात्रै पालिका अध्यक्ष जित्न एकीकृत समाजवादी सफल भएको छ । नेकपा एसको कर्णालीमा बलियो उपस्थिति रहेको मानिन्छ भने सुदूरपश्चिम प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो पार्टीका रुपमा रहँदै आएको छ । तर यो पार्टी स्थानीय तहको निर्वाचनमा भने दुवै प्रदेशमा निकै कमजोर उपस्थिती  देखिएको छ । कर्णालीमा चार स्थानीय तहको प्रमुख जित्दा सुदूरपश्चिममा दुई स्थानीय तहमा सीमित हुन पुग्यो । 

कर्णालीमा नेकपा एसले काइके गाउँपालिका (डोल्पा),  छार्काताङसोङ गाउँपालिका (डोल्पा),  कपुरकोट गाउँपालिका (सल्यान) र सोरु गाउँपालिका (मुगु) मा जित हात पारेको छ । कर्णालीका चारमध्ये दुई स्थानीय तहमा नेकपा एसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् भने वैशाख ३० गतेको निर्वाचनबाट दुई स्थानमा मात्रै जित हात पारेको हो ।

यस्तै सुदूरपश्चिममा पनि नेकपा एसको कमजोर प्रदर्शन रह्यो । सुदूरपश्चिम नेकपा एसले घोडाघोडी नगरपालिका कैलाली र बझाङको केदारस्यू गाउँपालिका जितेको छ ।

त्यसविरुद्ध नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चुनाव जित्ने आधार सहित दाबी गरे र हेटौडामा नेकपा एसले जित हात पार्दा पोखरामा विजयको नजिक पुग्न लागेको छ । पोखरा र हेटौडामा आफ्ना उम्मेदवार चयनदेखि जिताउने रणनीति बनाउँदै गर्दा माधवकुमार नेपाललाई कांग्रेस र माओवादी केन्द्रले भने कर्णाली र सुदूरपश्चिम गम्भीर धोका दिए ।

नेकपा एसले कर्णाली र सुदूरपश्चिम कमजोर प्रदर्शन गर्नुका पछि संगठनात्मक भन्दा पनि गठबन्धनको व्यवस्थापनमा रहेको समस्या मुख्य कारण देखिएको छ ।  ठीक ८ महिनाअघि जन्मिएको नेकपा एसले देशव्यापी रुपमा सांगठनिक आकार समेत ग्रहण गरिनसकेको अवस्थामा भएको निर्वाचनमा नेकपा एसले ल्याएको परिणामलाई भने सन्तोषजनक रुपमा नै लिनुपर्ने तर्कलाई अगाडि सार्न थालिएको छ । 

पार्टी विभाजनपछि नेकपा एसले गाउँ स्तरमा संगठन निर्माण गरि नसकेको अवस्था छ । सांगठनिक संरचनाले नै पूर्णता नपाएको अवस्थामा भएको निर्वाचनमा नेकपा एसले यो भन्दा राम्रो परिणाम ल्याउन पूर्वानुमान थियो ।  तर केही प्राविधिक र केही गठबन्धनको समस्याका कारण नेकपा एस गम्भीर परिणाम भोग्न बाध्य भएको  विश्लेषण गर्न थलिएको छ ।

पहिलो कुरा त नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिमा निकै सोझा, वचनप्रति प्रतिबद्ध नेता रहेका  उनको स्वभावअनुसार नै गठबन्धनका अन्य नेताहरुले व्यवहार नगरि दिएका कारण नेकपा एसको अवस्था निकै कमजोर परिणाम हात पार्नु प्रमुख कारणका रुपमा लिन थालिएको छ । 

कर्णाली माओवादीको आधार इलाकाका रुपमा विगतदेखि नै रहँदै आएको ठाउँ हो । त्यसैले माओवादी यो प्रदेशमा आफ्नो प्रभाव कायम गर्न चाहन्थ्यो । अर्कोतिर सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश पनि हो । त्यसैले कर्णालीमा माओवादी अनुकूल र सुदूरपश्चिममा कांग्रेस अनुकूल चुनावी गठबन्धन बनिदिँदा त्यसको सबैभन्दा ठूलो मार नेकपा एसलाई पर्न गएको देखिन्छ ।

नेकपा एस अघिल्लो निर्वाचनमा एमालेले पाएका महानगर र उपमहानगरमा आफ्नो दाबी गरिरहेको थियो । नेकपा एसको सांगठनिक संरचना नै नभएको भन्दै महानगर र उपमहानगरमा शीर्ष पार्टीबीच भागबण्डा गरेर लिने र नेकपा एसलाई अन्य स्थानमा दिने तयारी शुरु चरणमा भएको थियो ।

त्यसविरुद्ध नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चुनाव जित्ने आधार सहित दाबी गरे र हेटौडामा नेकपा एसले जित हात पार्दा पोखरामा विजयको नजिक पुग्न लागेको छ । पोखरा र हेटौडामा आफ्ना उम्मेदवार चयनदेखि जिताउने रणनीति बनाउँदै गर्दा माधवकुमार नेपाललाई कांग्रेस र माओवादी केन्द्रले भने कर्णाली र सुदूरपश्चिम गम्भीर धोका दिए ।

मित्रवत प्रतिस्पर्धाका नाममा  एकीकृत समाजवादी विरुद्ध  दुई पार्टी कांग्रेस र माओवादीले कर्णाली र सुदूरपश्चिममा गठबन्धन बनाउँदा एमालेसँग दुई दलबीच भिडन्त भयो । अध्यक्ष नेपालले माओवादी र कांग्रेसबीच गठबन्धन भइसकेपछि मात्रै नेकपा एसमाथि अन्याय भएको चाल पाए, जुन समय ढिला भइसकेको थियो । त्यसैले कर्णाली र सुदुरपश्चिमका धेरैजसो नगरपालिकाहरुमा नेकपा एस गठबन्धनमा नै परेन ।जसले गर्दा परिणाम कमजाेर हुन पुगेको हो । 

त्यसकारण पनि नेकपा एस कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा पराजित भयो । केही स्थानीय तहमा नेकपा एस एक्लैले गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षहरु समेत जितेको छ । त्यसैले सांगठनिक रुपमा बलियो हुँदाहुँदै पनि गठबन्धन पर्खिने र गठबन्धनलाई धेरै विश्वास गर्दागर्दै गठबन्धनको धोकाका कारण नेकपा एस दुवै क्षेत्रमा कमजोर उपस्थिती देखिन पुग्यो ।

गठबन्धन नगरे रै नेकपा एसले मधेश प्रदेशमा त्यो भन्दा बढी स्थान जित्न सफल हुनुले पनि कर्णाली र सुदूरपश्चिममा नेकपा एसमाथि गठबन्धनमा रहेका दुई दलले चलाखीपूर्ण गठबन्धनका कारण नै नेकपा एस कमजोर बनाउन  सफल भए । 

 समग्रमा हेर्ने हो भने देशैभर नेकपा एसले आगामी निर्वाचनका लागि बलियो आधारसहित तयारी गर्न र प्रदेश र संसदीय निर्वाचनका लागि अहिले बाटै नै उम्मेदवारहरु टुंगो लगाएर बलियो जनमत प्राप्त गर्ने आधारहरु भने प्रष्ट  देखाएको छ ।

नेकपा एसलाई एमालेले जसरी ३० वैशाखको निर्वाचनले समाप्त गरिदिन्छ भन्ने भ्रम थियो, त्यसलाई चिर्न सफल भएको छ । देशैभर प्राप्त परिणामलाई छोटो समयमा पाएको उपलब्धिका रुपमा लिएर आगामी निर्वाचनमा बलियो गठबन्धनसहित नेकपा एस निर्वाचनमा गएको अवस्थामा जुनसुकै स्थानमा पनि बलियो उपस्थिति देखाउने आधार भने नेकपा एसले देखाउन सकेको टिप्पणी सुरु भएको छ । साथमा जिल्ला जिल्लामा  अध्यक्ष नेपाल मात्र  होइन अन्य सार्वजनिक अपिल गर्ने  नेताहरुको भूमिकाको खोजी भने गर्न थालिएको छ ।