पूर्व प्रधानमन्त्री के‍‍.पी. शर्मा ओली आतिथ्यमा 'फर्गेट एस्टर्डे' कविता कृतिको लोकार्पण

पूर्व प्रधानमन्त्री के‍‍.पी. शर्मा ओली आतिथ्यमा 'फर्गेट एस्टर्डे' कविता कृतिको लोकार्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७९

काठमाडौँ । साहित्यिक पत्रकार संघ र अमेरिका नेपाल साहित्य प्रतिष्ठानले २०७९ जेट ८ गते आइतबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजना गरेको समारोहमा कवि मीना श्रेष्ठको दोस्रो कविता कृति 'फर्गेट  एस्टर्डे 'को लोकार्पण गरिएको छ ।  

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका अर्का अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणा रहनु भएको थियो । 

कवि मीना श्रेष्ठको कविता कृति 'फर्गेट  एस्टर्डे' माथि वरिष्ठ साहित्यकार अशेष मल्ल र साहित्यकार बबिता बस्नेतले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा लेखक शान्ता चौधरीले आफ्नो मन्तव्यसहित लोकार्पित कृतिभित्रको कविता 'म शान्ता चौधरी' वाचन गर्नु भएको थियो । 

यस्तै कार्यक्रममा कवि एवं पत्रकार ठाकुर बेलबासे र कवि सुमित्रा सुमीले विमोचित कृति भित्रका एकएक ओटा कविता वाचन गर्नु भएको थियो ।