लोकसभामा ५ सिटको नतिजा सार्वजनिक, सबैमा भाजपा विजयी

लोकसभामा ५ सिटको नतिजा सार्वजनिक,  सबैमा भाजपा विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

काठमाडौं । भारतको लोकसभा चुनावको अहिलेसम्म ५ सिटको नतिजा सार्वजनिक भएको छ । ती सबै सिटमा भारतीय जनता पार्टी (भाजपा)ले विजयी भएको छ ।

भारतीय समाचार एजेन्सीका अनुसार राजस्थान राज्यका झालवाडाबाट दुष्यन्त सिंह विजयी भएका छन् । यस्तै, भिलवाडाबाट सुभाष बहेडिया, चुरुबाट राहुल कस्वा, अजमाबाट भागिरथ चौधरी र विकानेरबाट अर्जुन राम मेघवाल विजयी भएका छन् ।

राजस्थानका बाँकी २० सिटमा पनि भाजपाकै अग्रता देखिएको छ ।