हेटौंडाकी मेयर लामाको पहिलो निर्णय- १५४१ विपन्न परिवारलाई बिमा

हेटौंडाकी मेयर लामाको पहिलो निर्णय- १५४१ विपन्न परिवारलाई बिमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७९

 

मकवानपुर ।हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरिएको हो ।  

पदभार ग्रहणपछि मेयर लामाले हेटौंडाका १ हजार ५४१ अति विपन्न घर परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेकी छिन् । त्यसैगरी मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको गरिएको छ ।

आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित भएका विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युत्‌का पोलहरू सार्ने निर्णय पनि गरिएको छ ।