रेनु दाहाललाई ११ हजार बढीको अग्रता

रेनु दाहाललाई ११ हजार बढीको अग्रता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७९

चितवन ।चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजार बढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ११ हजार १० मतले अग्रता कायम गरेकी हुन् ।

रेनु ले ४६ हजार २५५ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३५ हजार २४५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार २२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाएकी छन् ।