भारतको मतगणनामा चर्चित अनुहार पछाडी

भारतको मतगणनामा चर्चित अनुहार पछाडी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ९, २०७६

भारतमा चलिरहेको मतगणनामा भाजपा गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । यो समाचार तयार गर्दासम्म भाजपा गठवन्धनले ३४४ सिटमा अग्रता लिएको छ ।

अहिलेसम्मको मतगणनामा कांग्रेस अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रबाट भाजपा उम्मेद्वार स्मृती इरानी भन्दा पछि देखिएका छन् ।

यसैगरी कांग्रेस पार्टीका महासचिव ज्योतिरादित्य सिंधिया मध्यप्रदेश राज्यको गुना निर्वाचन क्षेत्रबाट मतगणनामा निकै पछाडी परेका छन् ।

अन्य चर्चित अनुहारमा शत्रुघ्न सिन्हा, कन्हैया कुमार, उर्मिला मर्ताेडकर, जयाप्रदा, शीला दीक्षित, पुनम सिन्हा, दिग्विजय सिंह मतगणनामा पछाडी परेका छन् ।