राजेन्द्र राईकाे 'तिम्रै हुँ म’ बोलकाे म्युजिक भिडियो सार्वजनिक

राजेन्द्र राईकाे 'तिम्रै हुँ म’ बोलकाे म्युजिक भिडियो सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ ९, २०७९

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार राजेन्द्र राईले 'तिम्रै हुँ म’ बोलकाे गीतको म्युजिक भिडियो बजारमा लिएर आएका छन्।

गीतको भिडियो  अफिसियल युट्युब च्यानल ‘Taqoon Moonarii Entertainment ’मार्फत सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार राजेन्द्र राई कै शब्द संगीतमा अहिले का चर्चित गायिका मेचु धिमालले आवाज दिएकी छिन ! पदम रजन मगरले एरेन्ज गरेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौँमा गरिएको जानकारी दिइएको छ । 

भिडियोमा चर्चित नायिका मोडल रेखा लिम्बु र भोइस अफ नेपाल सिजन ३ का फाईनालीस्ट  जवाला राईले अभिनय गरेका छन् । जीवन मुकारुङको निर्देशन रहेको भिडियोमा देव चामलिङ्गको  कोरियोग्राफी, मनोज राई को छायाङ्कन तथा सम्पादन र अस्मिता राई को श्रृंगार रहेको छ ।